लुम्बिनी बिकास बैंकको चन्द्रावतीमा शाखा कार्यालय

maitrinews

 

 काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता  (ग्राहक) लाई बैंकिङ्ग सेवा पु¥याउने घोषित नीति अनुरुप तनहुँ जिल्लाको भानु नगरपालिका, वडा नं. १३ चन्द्रावतीमा आफ्नो ५०औं शाखा कार्यालय स्थापना गरेको छ । उतm शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गर्नुभयो । उतm कार्यक्रमको सभापतित्व विकास बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीले गरे भने स्वागत मन्तब्य प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले गर्नुभयो । स–साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ सो शाखालाई सञ्चालनमा ल्याइएको हो ।यस विकास बैंकले सो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै मोवाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ५० वटा शाखा सञ्जालहरु र १२ वटा एटिएम वाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।