शेयर बजारमा मिश्रित प्रभावशेयर बजारमा मिश्रित प्रभाव

maitrinews

काठमाडौं । शेयर बजारमा यो साता मिश्रित प्रभाव परेको छ । साताभर बजार घट्बढ् भैरहेपनि साताको अन्त्य समयमा बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२२४५ कारोबारबाट चार अर्ब २० करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबरका एक करोड १४ लाख ३८ हजार तिन सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो साता भउको कारोबार रकम गत साताको भन्दा ५९.४३ प्रतिशत बढी हो । गत साता १६२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७०३२ कारोबारबाट दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार रुपैयाँ बराबरका ७० लाख २३ हजार छ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले घटेर अन्तिम दिन १५८२.६७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७१ अंकले घटेर ३३६.०४ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (३० करोड २९ लाख ४० हजार रुपैयाँ) को आधारमा नविल बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (२७ लाख १५ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या  (२७५८ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।