कोका–कोला अन्तर बिद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता सुरु 

maitrinews

काठमाडौँ । कोका–कोला अन्तर बिद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु भएको छ ।  देशमा रहेका बिद्यालय स्तरका युवा खेलाडीहरुलाई यस खेल प्रति आकर्षण गराउन तथा आफ्नो प्रतिभा र खेल कौशल देखाउने अवसरहरु प्रदान गर्न अखिल नेपाल फुटबल संघले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार बिश्वकै लोकप्रिय पेय पद्धार्थ कोका–कोलाको उत्पादक बोटलर्स नेपाल लिमिटेड सँग सहकार्य गर्दै यस प्रतियोगितालाई बिगतका बर्षहरुमा भन्दा बृहद रुपमा व्यापक बनाउंदै संचालन गर्ने भएको हो ।  संघ अन्तर्गत गठित नेपालका ४५ जिल्लाहरुमा गठित जिल्ला फुटबल संघहरु अन्तर्गत बिभिन्न ४४ जिल्लाहरुमा जिल्ला फुटबल संघको समन्वयमा र काठमाडौं र ललितपुरको काठमाडांै जिल्ला फुटबल संघको अयोजनामा गरी ४४ बिभिन्न जिल्लाहरुका खेल मैदानमा जिल्ला स्तरीय प्रतियोगिता संचालन हुनेछ । उक्त प्रतियोगितालाई गत बर्ष भैm यस बर्ष पनि तीन चरणमा संचालन गरीने कार्यक्रम रहेको छ । पहिलो चरण जिल्ला स्तरीय प्रतियोगिता संघ अन्तर्गत बिभिन्न ४४ जिल्लाहरुमा, दोश्रो चरण क्षेत्रीय स्तरीय प्रतियोगिता पूर्वाञ्चलको झापामा, मध्यमाञ्चलको भक्तपुर र रौतहटमा, पश्चिमाञ्चलको कास्कीमा,, मध्येपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलको बांकेमा संचालन गरीने छ । काठमाडौं र ललितपुरबाट सिधै ४ वटा टिम पूर्वाञ्चलको झापाबाट बिजयी तथा उपबिजयी र तेश्रो स्थान हासिल गर्ने ३ वटा बिद्यालयका टिमहरु, मध्यमाञ्चलको भक्तपुर र रौतहटबाट १–१ टिम पश्चिमाञ्चलको कास्कीबाट बिजयी र उपबिजयी २ टिम र मध्यपश्चिमाञ्चाल तथा सुदुर पश्चिमाञ्चलको बाँकेबाट २ टिम गरी अन्तिम चरणमा राष्ट्रिय स्तरको बिद्यालय कै नाममा १३ टिमहरु बिच काठमाडांैमा लिग कम नकआउटको आधारमा संचालन हुने खेलमा सहभागी गराईने छ । यस अन्तिम चरणमा प्रथम हुने बिद्यालयका टिमलाई छात्र तथा छात्रा तर्फ नगद पुरस्कार रु.३,००,०००।–(तीन लाख रुपैयाँ), द्वितीय हुने टिमलाई रु.१,००,०००।–(एक लाख रुपैयाँ), तृतिय हुने टिमलाई रु.५०,०००।–(पचास हजार रुपैयाँ) नगद पुरस्कार सहित शिल्ड, पदक र प्रमाण–पत्र प्रदान गरीने छ । उत्कृष्ट खेलाडीहरु तथा प्रशिक्षक गरी ५ बिधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद रु पाँच हजार रुपैया नगद पुरस्कारबाट प्रोत्साहन स्वरुप प्रदान गरीने छ ।
१. पहिलो चरण(जिल्ला स्तरीय) २०७४ आषाढ २३ गते देखि श्रावण १३ गते भित्र संघ अन्तर्गत ४४ जिल्लाहरुमा२. दोश्रो चरण(क्षेत्रिय स्तरीय) २०७४ श्रावण २९ गते देखि भाद्र ९ गते झापा, भक्तपुर, रौतहट, कास्की र बाँके३. अन्तिम चरण(राष्ट्रिय स्तरीय) २०७४ भाद्र २३ देखि आश्विन १ गते काठमाडौं
पहिलो चरणको काठमाडौंमा संचालन हुने प्रतियोगिताको उद्घाटनमा सहभागी बिद्यालयको टिमहरुले मार्चपास गर्ने र उक्त मार्चपासका उत्कृष्ट हुने बिद्यालयका टिमलाई प्रायोजकबाट आकर्षक पुरस्कारबाट पुरस्कृत गर्ने व्यवस्था गरेको जानकारी गराउँदछौं । साथै प्रतियोगितामा १२८ बिद्यालयहरुको सहभागीता रहने भएको छ ।यस बिद्यालय स्तरको प्रतियोगितामा गत बर्ष छात्र तथा छात्रा तर्फ गरी १,१११ बिद्यालयहरुको सहभागीता रहेको थियो भने यस बर्ष सहभागीतामा बृद्धि गर्दै करीब १,५०० बिद्यालयका फुटबल टिमहरुको सहभागीता गराईने लक्ष्य संघको रहेको छ ।कोका–कोला नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सर्वाधिक लोकप्रिय हल्का पेयपदार्थको रुपमा चिरपरिचत रहेको र फिफा बिश्वकप र ओलम्पिक खेलहरु जस्ता महत्वपूर्ण खेलहरुका साथै युरो कप फुटबल २०१२ तथा कोकाकोला ट्रफि टुर जस्ता महत्वपूर्ण कार्यक्रम र फुटबल प्रतियोगिताहरुको प्रायोजकको रुपमा रहेर आफ्नो संलग्नता जनाउदै आएको कोका–कोलाले नेपालमा पनि यसको उत्पादनको साथ साथै बजार प्रवर्धनको जिम्मेवारी सम्हालेको बोटलर्स नेपालको प्रायोजकत्वमा बिगत आठ बर्ष देखि नियमित रुपमा संचालन गर्दैं आएको कोका–कोला अन्तर बिद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरी अवसर पाएका खेलाडीहरुले आज नेपालको ‘ए’ डिभिजनको फुटबल क्लबहरुमा र एन्फा एकेडेमीमा समेत आवद्ध भै खेल्दै आएको जानकारी गराउन चाहान्छौं । साथै बोटलर्स नेपालले नेपाली बजारमा हल्का पेयपदार्थ कोका–कोला, फान्टा र स्प्राईटको उत्पादन गर्दै त्यसको बजार प्रबद्र्धन गर्नुका साथै नेपाली फुटबल खेलको विकास तथा बिस्तारको लागि अखिल नेपाल फुटबल संघ सँग सहकार्य गर्दै आइरहेकोमा संघ बोटलर्स नेपाल लिमिटेडप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न गरेको छ ।