मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

maitrinews

 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना हुनुभएको छ । मुटुमा समस्या आएपछि शाह नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।
शाह आज विहान अस्पताल भर्ना हुनुभयो । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उहाँलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । ‘धेरै सिरियस होइन । नियमित चेकजााच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको छ’ चिकित्सकहरुले भने ।