बागलुङमा ७०० बर्ष पुरानो टुनीको रुख ढल्यो

maitrinews

 

बागलुङ । बागलुङको रामरेखामा ७०० वर्ष पुरानो टुनिको रुख ढलेपछि स्थानीय बासिन्दा स्तब्ध बनेका छन् । दक्षिण एशियाकै ठूलो भनेर दावी गरिएको रुख मंगलवार बिहान ढलेपछि स्थानीय बासिन्दाले शोक मनाएका छन् । बागलुङ नगरपालिका १ रामरेखामा रहेको टुनीको रुख ढलेपछि स्थानीय बासिन्दा अशुभ हुने भयले चिन्तित समेत देखिएका छन् ।
रुख ढले लगत्तै शोकमा रामरेखाका बासिन्दा मंगलबार कालीगण्डकीमा पुगेर नुहाएर निराहार बसेका छन् । ुधार्मिक तथा प्राकृतिक रुपमा ऐतिहासिक पहिचान दिन सफल टुनीको रुख ढलेकोमा दुखित हुँदै स्थानीयवासी शोकमा छन्ु, बागलुङ नगरपालिका(१ का अध्यक्ष तथा पुजारी दुर्गाबहादुर बोहोराले भन्नुभयो, ुऐतिहासिक सम्पदा जोगाउन सकिएन, धरहरा जस्तो हाम्रो पहिचान गुम्यो भनेर बुढापाकादेखि तन्नेरी पुस्ता समेत दुखित बनेका छन् ।ु
रामरेखाको महत्वपूर्ण सम्पदाको रुपमा रहेको यस रुखको सम्झनामा स्थानीय बासीले अबदेखि हरेक बर्षको साउन ३ गते शोक मनाउने निर्णय समेत गरेका छन् । ुरुख ढलेपछि अशुभ नहोस् भनेर पुजाआजा गरियो, त्यस क्रममा झाक राख्दा हरेक बर्षको साउन ३ मा चोखो निस्तो खाने, मासु बारिने भएको छ,ु वडा अध्यक्ष बोहोराले भन्नुभयो, ढलेको रुखलाई पन्छाएर उक्त स्थानमा मन्दिर बनाउने बोहराले बताउनुभयो । फेरि अर्को टुनिको रुख रोप्ने बिषयमा छलफल गरिए पनि त्यो नरोप्न झाकबाट निर्देश आएकाले हामी त्यही अनुसार अघि बढ्ने उहाँको भनाइ छ ।
लिखित तथ्यांक नभएपनि ७ सय बर्ष पुरानो मानिएको टुनीको रुख ढलेपछि सयौं मानिस हेर्न पुगेका छन् । स्थानीयका अनुसार कम्तिमा सात पुस्ता देखि यो रुखको फेदमा एक छेउमा सुन झाँक्री, ब्रम्हझाँक्री, मण्डलीको पूजा गरिंदै आइएको थियो भने अर्को छेउमा दोखलाको पुजाआजा गरिदै आइएको थियो । २०५६ सालमा उक्त रुख मुनी झाँक्रीको मन्दिर पुन निर्माण गरिएको थियो । तीन बर्षअघि हावाहुरीले एक भाग ढलेको यो रुखको बाँकी भाग जरै सहित मंगलबार ढलेको थियो ।
सुन झाँक्रीको मन्दिर सँगैको यो रुखमा रामरेखाबासीले हरेक बर्ष उधौली र उभौली तथा फागुनको पहिलो साताको शनिबार कुल पूजाको रुपमा झाँक्रीको पूजा गर्दै आएका थिए । यो रुख ढल्दा सयौं बर्षको इतिहास ढलेको भन्दै सर्वत्र चिन्ता व्यक्त गरिएको छ । ुधार्मिक आस्थाका कारण यो रुख बर्षौदेखि ठडिएको थियोु स्थानीय सुन झाँक्री व्यवस्थापन समितका अध्यक्ष सूर्यबहादुर बोहोराले भन्नुभयो, ुजिल्लाको पहिचान बोकेको रुख ढल्दा हाम्रो इतिहास पनि ढल्यो, हामी अत्यन्त स्तब्ध बनेका छौ ।ु
रुख ढल्दा बागलुङमा प्रसारण भएको विद्युत समेत मंगलवार दिनभर अवरुद्ध भएको छ । ढलेको रुख पन्छाएर विद्युत तथा अवरुद्ध सडक सञ्चालनका लाग नेपाल प्रहरी र सेनाका जवान खटिएका थिए । ढलेको रुखको पुरै भाग हटाउनका लागि भने एकसाता बढी लाग्ने अनुमान गरिएको छ ।
स्थानीय समाजसेवी लक्ष्मण श्रीका अनुसार रुख ढल्नु केही समय अघिदेखि नै चर्किएको आवाज आएको रआसपासका सबैलाई सचेत गराइएकाले कुनै मानवीय तथा भौतिक क्षति हुन पाएन । रुख ढल्ने देखिएपछि विद्युत प्राधिकरणलाई विद्युत सप्लाई बन्द गर्न अनुरोध गरिएको र विद्यूत लाईन काटिएको एक डेढ मिनेटमै रुख ढलेको थियो ।
यो रुखले झण्डै २ रोपनी जमिन समेत ओगटेको थियो । हाल पक्की घेराबार लगाएर मन्दिरको रुपमा पूजा गरिएको स्थान पनि १ रोपनीमा छ ।