आर्थिक ऐन कार्यान्वयनमा नल्याउन चेम्वरको माग

maitrinews

काठमाडौं । काठमाडौं महानगरपालिकाको अर्थसम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०७४ मा आर्थिक वर्ष २०७४।०७५ को निम्ति स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न अत्यधिक कर बृद्धिप्रति नेपाल चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित कानुनको अधिनमा रही स्थानीय तहले आफनो कार्यक्षेत्रभित्र परिचालन गर्न राजस्वका स्रोत, दायरा र दर समेतको विश्लेषण गर्न राजस्व परामर्श समितिमा नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिसमेत सम्मिलित गरी बजेट तर्जुमा गर्नुपर्ने नीतिगत व्यवस्था हुँंदाहुँंदै महानगरपालिकाले एकलौटी र अप्रत्याशित रुपमा कर बृद्धि गरेकोमा घोर भत्सर्ना गर्दै अबिलम्व फिर्ता लिन जोडदार माग गरेको छ ।  महानगरपालिकाले हालै व्यवस्था गरेको व्यवसाय करबृद्धिबाट काठमाडौंमा मूल्यबृद्धि हुन गई जनतासमेत महँंगीमा पर्ने देखिएकाले उपरोक्त व्यवस्थामा अविलम्व संशोधन हुनुपर्ने चेम्वरले जनाएको छ ।