देउवा संकटमा : काँग्रेसको बैठकअघि मन्त्रिपरिषद् विस्तार नहुने

maitrinews

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार सक्नुभएन । पार्टीभित्र चरम विवाद भएपछि उहाँले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुभएको हो । अब पार्टी बैठक अघि मन्त्रिपरिषद् विस्तार नहुने भएको छ ।
नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक निर्धारित मितिभन्दा २ दिन अघि सारेको छ । सोमबारका लागि बैठक बोलाएको कांग्रेसले आज अर्को विज्ञप्ति जारी गरेर शनिबार नै बैठक बोलाएको हो ।
कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा साउन ७ गते बिहान ८ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ । बैठकमा सरकारमा सहभागीता, निर्वाचनको समीक्षा, आगामी निर्वाचनमा पार्टीको भूमिका, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने भएको छ ।