उत्तर कोरियाव्दारा अमेरिकाको जुनसुकै स्थानमा पनि मार हान्नसक्ने अर्को अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण, दक्षिण कोरिया,जापान र अमेरिकामा आपतकालीन बैठक

maitrinews

उत्तर कोरिया । उत्तर कोरियाले अर्को अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको जापान र दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन्।
जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार, क्षेप्यास्त्र जापानी समुद्री क्षेत्रमा खसालिएको छ।
जुलाईको शुरुवातमा प्योङ्याङ्ले आफूले एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको गरेको थियो।
पछिल्लो अन्तरमहादेशीय क्षेप्यास्त्रले कति परसम्म मार हान्न सक्छ भन्ने प्रष्ट भइसकेको छैन। तर उत्तर कोरियाले भने अमेरिकाको जुनसुकै स्थानमा पनि मार हान्न सक्ने दावी गरेको छ ।
उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्रको क्षमताबारे फरक मत छन्। केही विज्ञले उक्त क्षेप्यास्त्र अमेरिकाको अलास्कासम्म पुग्नसक्ने बताएका छन्।
पछिल्लो परीक्षण सन् २०१७ मा उत्तर कोरियाले गरेको १४ औं क्षेप्यास्त्र परीक्षण हो।
दक्षिण कोरियाका राष्ट्रपतिले आपतकालीन सुरक्षा बैठक डाकेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आपतकालीन बैठक बोलाउनुभएको छ । जापानमा पनि आपतकालीन बैठक बोलाइएको छ ।