अर्घाखाँची सिमेन्ट प्रा. लि. द्वारा करसम्बन्धी तालिम
काठमाडौँ । अर्घाखाँची सिमेन्ट प्रा. लि. ले काठमाडौं उपत्यकाका हार्डवयर व्यवसायी र व्यवसायीका लेखापाल अडिटरहरुलाई आयकर र मु. अ कर सम्बन्धि चेतनामुलक तालिम कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा सहभागिहरुलाई अर्घाखांची सिमेन्ट प्रा.लि. का संचालक पशुपति मुर्रारकाले स्वागत गर्नु भएको थियो ।
सो कार्यक्रममा सहभागी १५० भन्दा बढीलाई चार्टर्ड एकाउन्टेन्ट श्री प्रमोद स्वर्णकारले तालिम प्रदान गर्नुभएको थियो । यो तालिममा व्यवसायीहरुले आफ्नो व्यवसायमा आईपरेका कर सम्बन्धि विभिन्न जिज्ञासाहरु मेटाउने अवसर प्राप्त गर्नुभयो र नेपाल सरकारको नियमानुसार आफ्नो व्यवसायको खातापाता चुस्त दुरुस्त राख्ने कुरामा अर्घाखाँची सिमेन्ट प्रा. ली. विश्वस्त छ ।