भरतपुर महानगरपालिका १९ मा शुक्रबार मतदान हुने, मतदाता भन्छन् —मतपत्र च्यात्ने रेणु दाहाललाई किन भोट दिने ? 

maitrinews

 

भरतपुर । गणनाका क्रममा माओवादीले मतपत्र च्यातेपछि रद्द भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचन साउन २० गते शुक्रबारका लागि तोकिएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतलाई नै मतदानको मिति तोक्ने अधिकार दिए अनुसार निर्वाचन कार्यालयमा बसेको सर्वदलीय बैठकपछि मिति घोषणा भएको हो । 

निर्वाचनको लागि मंगलबार रातिदेखि नै शून्य समय सुरु भएको छ । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन मिति घोषणा हुनुअघि नै मतपत्र च्यात्ने मधु न्यौपानेलाई लिएर उम्मेदवार रेणु दाहाल सहित माओवादीले चुनाव प्रचार गरेको थियो । मतदाताले भने बैशाखमा दिएको मत च्यातेर फेरि किन भोट माग्न आएको भन्दै प्रश्न गरेका छन् ।  १९ वडाका मतदाताहरुले  एमाले उम्मेदवार देवी ज्ञवालीलाई नै मत दिन आतुर देखिएका छन् । उनीहरुले भनेका छन् सर्वोच्चले गलत  फैसला गरेर अन्याय गरे पनि हामीले न्याय दिने छौँ ।