पृथ्वी राजमार्ग अबरुद्ध, १० ठाउँमा ठूलो पहिरो,दुईवटा ट्रक पुरिए

maitrinews

चितवन । पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो खसेर फेरि दुईवटा ट्रक पुरिएका छन् । उक्त सडकखण्डको चेपाङडाँडामा झरेको गएराति पहिरोले दुई ट्रक पुरिएको मुग्लिन(नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए । उनका अनुसार चेपाङडाँडालगायत विभिन्न १० ठाउँमा ठूल्ठूला पहिरो खसेको छ । ट्रक चालकहरु भने भागेर बाँच्न सफल भएका छन् ।
पानी परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनले बताए । पहिरो हटाउन ४ वटा लोडर र एक जेसिबी स्काभेटर प्रयोग गरिएको छ । आज अपरान्हसम्म पहिरो पन्छाइ सकेर सडक सञ्चालन गर्न काम भइरहेको इञ्जिनियर खनालले बताए ।

बुधबार राति उक्त सडक खण्डको इच्छाकामना(६ मा पहिरोमा दुईवटा सवारी पुरिएका छन् । ती सवारी अझै निकालिएको छैन ।
काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस बा १५ च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका थिए । पहिरो खसेको देखेपछि चालक र यात्रुहरु भागेका थिए । यात्रुवाहक बसेमा २३ जना यात्रु थिए । घटनास्थल मुग्लिनबाट २ किमीको कालिखोला नजिकै पर्दछ । बुधबार साढे ७ बजेदेखि मुग्लिन(नारायणगढ सडक खण्ड अवरुद्ध छ ।

ठाउँ ठाउँमा झरेको पहिरोमा रोकिए सवारीका यात्रुहरु पैदलमार्फत गन्तव्यतर्फ लागेका चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
बाटो विस्तार सुरु गरेपछि मुग्लिन–नारायणगढ सडक पहिरोको जोखिममा रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सडक अवलोकन गर्दै कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए