पश्चिमाञ्चल विकास मञ्चको बधाई तथा शुभकामना कार्यक्रम

maitrinews

 

काठमाडौँ । धवलागिरी, गण्डकी र लुम्बिनी अञ्चल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई पश्चिमेलीहरुको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मन्त्रीपरिषद्का भूतपूर्व अध्यक्ष एवम् सर्वोच्च अदालतका सम्माननीय पूर्व प्रधान्याधीश श्री खिलराज रेग्मीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।
पश्चिमाञ्चल क्षेत्रमा जन्मेर देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एवम् सुरक्षा निकाय र ब्यापार–व्यवसायमार्फत लामोसमयदेखि देशको सेवामा योगदान पु¥याउनु भएका र पु¥याउँदै आउनु भएका विशिष्ट व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि र मञ्चका अध्यक्षले प्रमाण–पत्र सहित सम्मान प्रकट गर्नुभएको थियो । सर्वोच्च अदालतका सम्मानीय प्रधानन्ययाधीश गोपाल पराजुली, माननीय उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, पूर्व प्रधानन्ययाधीश कल्याण श्रेष्ठ , राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष एवम् युवा अर्थशास्त्री माननीय डा. स्वर्णिम वाग्ले सहित ४४ जनालाई उक्त अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खिलराज रेग्मीले पश्चिमाञ्चल विकास मञ्चले नमुनायोग्य काम गरेको भन्दै आपसी सदभाव वृद्वि गर्न मंचलाई अझै सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । आयोजकका तर्फबाट मञ्चका अध्यक्ष एवं आइएमई समुहका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले कालीगण्डकी कोरिडोरलाई दक्षिणी छिमेकी मित्रराष्ट्र इण्डियाको नाका सुनौली र उत्तरी छिमेकी मित्रराष्ट्र चीनको कोराला नाकासँग जोड्न सक्दा र व्यस्थित गर्न सक्दा यस क्षेत्रको आर्थिक विकास हुने र जनताको जीवनस्तरमा सुधार आउने आउने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो । मञ्चले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलकोको निर्माणमा निरन्तर फ्लोअप गरिरहेको बताउँदै अहिले निर्माण कार्य शुरु भएकोमा अध्यक्ष ढकालले प्रशन्न्ता ब्यक्त गर्नुभयो ।
वि.स. २०६२ मा स्थापना भएको पश्चिमाञ्चल विकास मञ्चमा अहिले आजीवन र साधारण गरी २५१ सदस्य आवद्ध हुनुहुन्छ । मञ्चको नबौं अधिवेशनबाट श्री चन्द्रप्रसाद ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।