इन्डिया एवं विदेशमा इन्जिनियरिङ पढ्न जाने बिद्यार्थीहरु सावधान —पारिश्वर आचार्य

maitrinews

नेपाल ईन्जिनियरिङ काउन्सिलले नेपाल एबम ईन्डिया लगायत बिदेशका बिश्वोबिधलयबाट बीइ ईन्जिनियरिङ गरेका बिद्यार्थीको टेस्ट परिक्षा लिने भएको छ। सो परिक्षा पास गरेपछिमात्र काउन्सिलले ईन्जिनियरिङको मान्यता दिने छ।शिक्षा मन्त्रालयले सो कार्यको लागि आबस्येक पर्ने बिधेयकको तयारी गरिरहेको छ। सो बिधेयक सम्सदबाट पारीत हुनासाथ काउन्सिललाई परिक्षा लिने बाटो खुल्नेछ। ” एकजना डाक्टर अदक्ष हुँदा एक जनाको ज्यान जाने हुन्छ तर एकजना ईन्जिनियर अदक्ष हुँदा हजारौं जनाको ज्यान जाने हुन्छ” यो कुरालाई मनन गरेरै ईन्जिनियरिङ काउन्सिलले गरेको यो शाहसीपूर्ण निर्णयको सर्बत्र स्वागत गरिएको छ।

नेपालजस्तो बिकासउन्मुख देस, बदलिदो नेपालको बर्तमान परीबेस अनी दुर्तदर भौतिक निर्माणको आबस्येकतालाई मध्यनजर गर्दा हजारौ हजार दक्षईन्जिनियरको जरुरी देशलई परेको छ।प्रबिधी मैत्री दक्ष ईन्जिनियरिङ शिक्षार सोको उचित ब्यबस्थापना नै नेपालको आर्थिक उन्नतिको पहिलो खुड्किलो हो। अबक दिनमा

ईन्जिनियरिङ बिधामा रुची भएका नयाँ ईन्जिनियरहुने सपना बोकेका तमाम नौजवन बिद्यार्थीहरुले गुणस्तरीय ईन्जिनियरिङको लागि ४-५ वटा कुरामा ध्यान दिनुपर्ने देखिन्छ। राम्रो भौतिक पुर्वाधार भएका, पूर्णकलिन अनुभबी शिकक्षक भएका, प्रयोगात्मक प्रयोगसालाको पूर्णरुपमा ब्यबस्था भएका, अनुसन्धान एबम परमर्श केन्द्रको ब्यबस्था भएका कलेज एबम युनिभर्सिटीलाई रोज्न नभुलौ।

नेपाल भन्दा बाहिर पढ्ने बिद्यार्थीहरुले भर्ना हुने कलेज वा युनिभर्सिटी नेपाल ईन्जिनियरिङ काउन्सिलको सुचिमा छ की छैन एकिन गरेर मात्र भर्ना गराउनु होल नभये पछी धोखा पाइने छ। खासगरी नेपालबाट दालालको फन्दामापरी धेरै बिद्यार्थीहरु कमसल गुणस्तरभएक कलेजमा भर्ना हुने गरेको पाइयेको छ। राम्रो कलेज, राम्रो खाने बस्ने व्यबस्था,पासगर्ने ग्यारेन्टि जस्ता प्रलोभनमा त्यहाँ पुगेका बिद्यार्थी छागा बाट खसे जस्ता हुन्छनजुनबेला दाललले भनेका कुराको बिपरित पाउछन। बातावरनिय फरकपन, ठगिएको हिनताबोध, कमसल खालको खानपन, कमजोर पठन पाठनले गर्दा मानसिक रुपमा बिछिप्त हुनगै धेरैको बिचबाटै पढाईलाई निरन्तरता दिन नसकेका घटना

पनि छन। अभिवावकहरुले अफ्ना सन्तानको सुखद भबिस्यको लागि आँफैले गएर बिस्त्रित कुरा बुझेर मात्र कलेज छनौट गरिदिनु बेस हुन्छ। तेसैगरि औस्त्रेलिय अनी युस को राम्रो कलेज म पठाइदिने बहानमा पनि ठगि गरिरखेका छन। छात्रब्रिती पाउनेहो भने संसारका जुन ठाउमा जाँदा फरक पर्दैन तर अरुको हकमा नेपालमै ब्याच्लर सकियेपछी बिदेश्मा पढन जानु राम्रो हुन्छ।

नेपालको अहिलेको ईन्जिनियरिङ शिक्षाको कुरा गर्ने हो भने ५ वटा युनिभर्सिटीहरु र सो बाट सम्बधन प्राप्त ५० वटा कलेज सन्चालनमा देखिन्छन। टप टेन को कुरा गर्दा T.U. का 6 वटा, Purbanchal University का २ वटा , K.U. १ वटा अनी Pokhara University को १ वटा कलेज सो १० भित्र पर्न आउछन । यो कुराले सबै नेपालका युनिभर्सिटीहरुको गुणस्तरमा तेती ठुलो तलमाथि नभएको कुराको प्रमाणित समेत गरेको छ।

                                                      (दुई दशकदेखि इन्जिनियरिङ शिक्षण पेशामा संलग्न)