दोलखा जिससमा काँग्रेस—माओवादी गठबन्धन पराजित गर्दै एमाले प्यानल विजयी

maitrinews

 

दोलखा । दोलखा जिल्ला समन्वय समितिको सम्पन्न निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ । समन्वय समितिको प्रमुख पदका लागि एमालेका डबल पाण्डे १४ मत ल्याएर विजयी भएका छन् । उक्त पदमा कांग्रेसका कुमार तामाङले ४ मत ल्याए । त्यसै गरी उपप्रमुखमा एमालेकी मनमाया जिरेल १४ मतले विजयी भइन् । प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिपेन्द्र बुढाथोकीले ३ मत ल्याएका छन् । निर्वाचनमा कांग्रेस—माओवादी केन्द्रको गठबन्धन थियो ।

निर्वाचनबाट एमालेको तर्फबाट उम्मेदवारी दिएर विजयी भएका समन्यव समितिका सदस्यहरु भीमेश्वर नगरपालिका(१ का मुरारीराज शिवाकोटी, भीनपा(९ का जीतबहादुर श्रेष्ठ, मेलुङ गाउँपालिकाका विदुर शर्मा, गौरीशंकर गापाका आइती तामाङ, बैत्यश्वेर गापाका कल्पना कार्की, तामाकोसी गापाका गीता पोखरेल र शैलुङ गापाका युवराज घतानी विजयी भए । विजयीहरुलाई मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले शपथग्रहण गराएका छन् ।