जीएम सुँगुर मानवका लागि अंगदानकर्ता

 

अमेरिका । अमेरिकी वैज्ञानिकहरुले मानव अंग प्रत्यारोपणको अभाव पूर्ति गर्न अहिलेसम्मकै सबभन्दा धेरै वंशाणु सुधारिएका जीएम जनवारहरु उत्पादन गरिएको बताएका छन्।
वैज्ञानिकहरुले ३७ वटा सुँगुरबाट उनीहरुको डीएनएमा लुकेर बसेका भाइरसहरु निकालेका छन्।
त्यसबाट मानवमा सुँगुरको अंग प्रत्यारोपण गर्नमा रहेको ठूलो समस्या पार लागेको उनीहरुले बताएका छन्।
ुइजीनेसीसु भन्ने समूहका सदस्यहरुले भनेका छन्( अझ पनि सुँगुरको अंग मानिस शरिरले अस्वीकार गर्ने कुरा भने ठूलो चुनौतीका रुपमा रहेको छ।
तर भाइरस मुक्त गर्ने काम त्यस क्रमको एक आशलाग्दो चरण हो।
ुसाइन्सु जर्नलमा प्रकाशित अध्ययन एउटा सुँगुरको छालाको कोषबाट शुरु हुन्छ।
त्यसको डीएनएमा २५ प्रकारका भाइरस लुकेर बसेका छन्।
मानिसहरुको र सुँगुरको कोष मिसाएर परीक्षण गर्दा ती भाइरसहरुले मानव तन्तुमा आक्रमण गर्ने पत्ता लाग्छ।
तर वंशाणु सम्पादन अर्थात ुजीन एडिटिङु प्रविधि अपनाएर वैज्ञानिकहरुले सुँगुरको कोषलाई भाइरस मुक्त बनाउँछन।
यो जटिल प्रक्रिया प्रभावकारी त छैन तर ३७ स्वस्थ सुँगुरका बच्चा जन्मिएका छन्।
यदि एउटा प्रजातिबाट अर्कोमा अंग प्रत्यारोपण गर्ने काम ुजेनोट्रान्सप्लान्टेशनुले काम गर्यो भने त्यसले अंग प्रत्यारोपणको लामो प्रतीक्षा अन्त्य गरिदिनेछ।
अमेरिकामा मात्रै १ लाख मानिसहरु अंग प्रत्यारोपणको पर्खाइमा छन्, युकेमा त्यो संख्या ६५०० छ।
जेनोट्रान्सप्लान्टेशनका लागि सुँगुरहरु सबभन्दा उपयुक्त हुन सक्छन् भन्ने सोचिएको छ किनभने तिनका अंग मान्छेका अंगकै आकारका हुने गर्छन्।
वैज्ञानिकहरुले यो उपलब्धिलाई महत्वपूर्ण भनेका छन्।
क्लोनिङ प्रविधिबाट भाइरसरहित सुँगुरका बच्चा जन्माउने र तिनका अंग मानिसमा प्रत्यारोपण गर्ने योजना छ।