एमालेको सम्पूर्ण शक्ति बाढीपहिरोपीडितको राहत तथा उद्धारमा खटियो

maitrinews

 

काठमाडौं । नेकपा एमाले मोर्चा संगठनको बैठकले बाढी प्रभावित १४ जिल्लामा उद्धार र राहतको काम गर्न टोली खटाउने निर्णय गरेको छ । विभिन्न जनसंगठनको समन्वय गर्ने मोर्चा संगठनको बैठकले बाढी प्रभावित जिल्लामा उद्धार राहतका लागि केन्द्रीय टोली खटाएको हो ।

मोर्चा संगठन प्रमुख गोकर्ण बिष्टको अध्यक्षतामा बसेको बैठकले पार्टीको सम्पूर्ण शक्ति उद्धार र राहतमा केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले बाढी प्रभावित जिल्लाहरुका जिल्ला कमिटीहरु, जनसंगठनका स्थानीय कमिटीहरु, रेडक्रसलगायतका विभिन्न सामाजिक संघ, संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतस“ग समन्वय गरी तत्कालै उद्धार र राहत कार्यमा जुट्ने निर्णय समेत गरेको छ ।

उद्धार र राहतका लागि एमालेले सप्तरीमा युवा संघ नेपाल र भूमिहीन सुकुम्बासी संगठन, सिराहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक मधेसी संगठन, सर्लाहीमा अखिल नेपाल किसान महासंघ, रौतहटमा नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस, बारामा खेलकूद महासंघ, पर्सामा नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०, झापामा जनसांस्कृति महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ, सुनसरीमा उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, बर्दियामा भूपू सैनिक संगठन, बा“केमा मानवअधिकार एलान्यस र कपिलवस्तुमा स् मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघलाई उद्धारको काममा संयोजन गर्नेगरी परिचालित गर्ने निर्णय गरेको छ ।

बैठकले कोसी बाँधका ढोका समयमै खोल्न समयमै कुटनीतिक पहल नगरेकोप्रति समेत दुःख ब्यक्त गरेको छ । विस्थापित नागरिकलाई वसोवासको ब्यवस्था गर्न एमालेले सरकारसँग माग समेत गरेको छ ।

बैठकले प्रदेश नं। २ मा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि २०७४ भदौ १० गते काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण मोर्चा संगठनका सदस्यहरुको बृहत भेला गर्ने साथै ०७४ भदौ १३ गते धनुषाको जनकपुरमा प्रदेश नं। २ स्तरको मोर्चा संगठनहरुको बृहत भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।