सुजुकीको डिजायर आकर्षक अवतारमा सार्वजनिक गर्ने तयारी

maitrinews

काठमाडौं । सुजुकी कारको नेपालकालागिआधिकारिक विक्रेता सीजी । मोटोकर्पले विक्रि संख्याकाआधारमा अग्रणी मध्य एक डिजायर मोडलको फेसलिफ्ट भर्जन सार्वजनिकगर्ने तयारी गरेको छ । सार्वजनिकगर्ने तयारीमा रहेको नयाँ डिजायरमापहिले सुजुकीको बलेनोमाप्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको जानकारी दिइएको । नयाँप्लेटफर्मले कारको वजनमाकमील्याउनुका साथै यसमा सवार यात्रीलाई थप सुरक्षाप्रदानगर्ने कम्पनीको दावी छ । नयाँ कारमाप्रयोग गरिएको बाह्यतथाभित्री डिजाइन पछिल्लो संस्करणका तुलनामाथप स्टाइलिश छ । कम्पनीले पछिल्लो संस्करणको तुलनामानयाँ कार अधिक स्पेसियस हुनुका साथै बुटस्पेसपनि धेरै हुने बताएको छ । नयाँ कारमाकिलेस एण्ट्रि, डीआरएल, रियर भेण्ट सहितको अटोएसी, डायमण्ड कट अलोइज् तथा स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली लगायनअत्याधुनिक सुविधातथाप्रविधि समेत जडान गरिएको छ । यसमाप्रयोग गरिएको ईन्फोटेनमेण्ट प्रणालीमा दिइएको एण्ड्रोइड अटो सुविधाभारतियनिर्मित कारमै पहिलो भएको कम्पनीको दावी छ । साथै, यसमा ठूलो टच स्क्रिनको माध्यमबाट एप्पल कार प्ले सुविधापनिउपलब्ध रहेको छ । कारमायात्रुको सुविधार्थ डुअल एयर ब्याग्स तथा कारका सबै भ्यारियण्टमा झैँ स्ट्याण्डर्ड सेफ्टी फिचरका रुपमाएबीएसपनिउपलब्धगरिएको छ । कारमाउपलब्ध सुरक्षाफिचर्स नियाल्दाकम्पनीले यात्रु सुरक्षाका सवालमाकुनै सम्झौतागर्न नचाहेको प्रष्ट देखिन्छ । नयाँ कारमा परिक्षणमा पूर्ण सफल के१२ ईञ्जिनको प्रयोग गरिएको छ । २२ किलोमिटर प्रति लिटर माइलेज दिने क्षमता सहितको यो ईञ्जिनपावर र माइलेजकालागिविशेष परिचित छ ।