देउवाले बनाए जम्बो सरकार, राष्ट्रलाई मासिक १० करोड थप भार

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डलको अर्को रेकर्ड बनाएका छन् ।
देउवाले आफ्नो पार्टी कांग्रेसका १२ सहित १५ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरे । यससँगै देउवा सरकार ५० सदस्यीय बनेको छ । यो गणतान्त्रिक नेपालको सबैभन्दा जम्बो मन्त्रिमण्डल हो ।
यसअघि गणतन्त्र आएपछिको चौथो प्रधानमन्त्री बनेका डा। बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

बहुदलीय व्यवस्थामा पनि जम्बो मन्त्रीमण्डलको रेकर्ड देउवाकै नाममा थियो । ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले ५२ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए ।

यस पटक आफ्नै पुरानो रेकर्ड तोड्ने देखिएको छ । किनकि, विस्तारपछि पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण गरी चार मन्त्रालय मन्त्रीविहीन छन् । चार वटै मन्त्रालय अहिले प्रधानमन्त्री देउवासँगै छन् र राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।