चीनले बनायो पहाडमा लिफ्ट

maitrinews

चीनले विश्वलाई चकित पार्दै पहाडमा लिफ्ट बनाएको छ । भवनभन्दा बाहिर बनाइएको यो विश्ककै अग्लो लिफ्ट हो । चीनको हुनान प्रान्तको पहाडमा बनाइएको यो लिफ्टको नाम बाइलङ एभिलेटर हो । पहाडको काखबाट सुरु भई पहाडको टुप्पोसम्म पुगेको यो लिफ्ट चढ्नेहरुले प्राकृतिक सुन्दर छटा अवलोकन गर्ने मौका पाउँछन् । ३२६ मिटर अर्थात् झन्डै १००० फिट अग्लो यो लिफ्टमा तीनवटा डबल डेकर एलिभेटर लगाइएका छन् । हरेक एलिभेटरको भारबहन क्षमता चार हजार नौ सय किलो रहेको छ । तीव्र गतिको यो लिफ्टमा पहाडको फेदीबाट टुप्पोमा पुग्न मात्र १ मिनेट ३२ सकेन्ड लाग्छ । चिनियाँ विशेषज्ञहरुले अत्याधुनिक प्रविधिको प्रयोग गरी यो लिफ्ट बनाएका हुन् ।