गणीतीय ढाँचामा उपत्यकाको विपद र ट्राफिक व्यवस्थापन सम्भव

maitrinews

काठमाडौँ । युके— नेपाल सहकार्य अन्तर्गत युकेको लान्कास्टर विश्वबिधालय र नेपालको त्रिभुवन विश्वबिधालय गणित विभागको संयुक्त आयोजनामा काठमाडौं उपत्यकाको विपद व्यवस्थापनको र ट्राफिक व्यवस्थापनको वैज्ञानीक अनुसन्धान गर्नको लागि २ दिने कार्यशाला सम्पन्न भएको छ। अन्तरराष्ट्रिय वैज्ञानीक अनुसन्धानकर्ता बिशेषज्ञका रुपमा नेपाल र जर्मनीमा विपद व्यवस्थापनको काम गर्दै आउनु भएका यो कार्यक्रमका पारीकल्पनाकार प्राडा टन्कनाथ धमला र अन्तरराष्ट्रिय वैज्ञानीक अनुसन्धानकर्ता बिशेषज्ञका रुपमा जर्मनी र युकेमा विपद व्यवस्थापनको काम गर्दै आउनु भएका यो कार्यक्रमका पारीकल्पनाकार लान्कास्टर विश्वबिधालयका डा। मार्क गौरिकको संयुक्त प्रयासमा सो कार्य गर्न सम्भव भएको हो।

हिमालय होटेलमा आयोजना गरिएको सो कार्यक्रममा नेपालका सरोकारवाला तथा नीतिनिर्माताहरु ट्राफिक विभागका प्रमुख डिआइजी सर्वेन्द्र खनाल, गृह मन्त्रालय विपद व्यवस्थापन शाखाका उप(सचिव चक्रपाणी पाण्डे, काठमाडौं विपद व्यवस्थापन शाखाका प्रमुख ईन्जिनियर इश्वरमान सिंह शुवाल, ललितपुर महानगर उप(प्रमुख गीता सत्याल, भक्तपुर नगरपालिका उप(प्रमुख आर्किटेक्ट राजनी जोशी, काठमाडौं जिविसकाभुतपुर्व प्रमुख सानु श्रेष्ठ, डिएस्पी मुकुन्द मारासिनी साथै वैज्ञानीक अनुसन्धान र शैक्षिक बिशेषग्यहरु प्राडा राम प्रसाद खतिवडा, प्राडा केदारनाथ उप्रेती९प्रमुख गणित विभाग०, प्राडा भुप प्रसाद धमला९अन्तरराष्ट्रिय विभाग०, प्राडा टन्कनाथ धमला९वैज्ञानीक अनुसन्धानकर्ता, यो कार्यक्रमका पारीकल्पनाकार०, डा। मार्क गौरिक९लान्कास्टर विश्वबिधालय, यो कार्यक्रमका पारीकल्पनाकार०, प्राडा नारायन प्रशाद पहाडी, सह(प्रा तुल्सी नेपाल, अनुसन्धानकर्ताहरु सह(प्रा डा श्रीराम खडका, उप(प्रा डा उर्मिला प्याकुरेल, उप(प्रा राम प्रशाद ढुंगाना, उप(प्रा फणिन्द्र भण्डारी, उप(प्रा हरी नन्दन नाथ,उप(प्रा इश्वर अधीकारी, उप(प्रा शिव प्रकाश गुप्ता, उप(प्रा पारीश्वर आचार्य लगायत अप्टिमाइजेसन ग्रुप, एम फिल अनी यम एस्सीका २५ जना बिद्यार्थीको उपस्थिती रहेको थियो।

कार्यक्रममा स्वागत गर्दै गणित विभागका बिभागीय प्रमुख प्राडा केदारनाथ उप्रेतीले यस्तो कार्यक्रम नेपालमा गर्न पाएकोमा आफुले गर्वको अनुभुती भएको बताउनु भयो। गणित विभागले पढाईका साथसाथै देस र जनताको जीवन उपयोगी वैज्ञानीक अनुसन्धानका काममा लागेको र यो अरु विभागको लागि उदाहरण समेत बन्ने समेत बताउनु भयो। कार्यक्रमको उपादयतालाई प्रकाश पार्द डा मार्क गौरिकले नेपालका सरोकारवाला तथा नीतिनिर्माताको कुरा बुझेर काठमाडौं उपत्यकाको विपद ब्यबस्ठापन र ट्राफिक ब्यबस्ठापनको वैज्ञानीक अनुसन्धान तयार गर्नको लागी दिर्घकालिन योजना बनाउने, अनुसन्धानको लागि आबस्यक पर्ने अनुदानको पहल गर्ने र दुबै विश्वबिधालयहरु मिलेर वैज्ञानीक अनुसन्धान गरी यहाँको गणितिय ढाँचा निर्माण गरी समस्याको समाधान गर्ने कार्यमा प्रतिबद्द भएर लाग्ने बताउनुभयो।

प्राडा टन्कनाथ धमलाले कार्यक्रमको उपादयतालाई प्रकाश पार्दै बैज्ञानीक अनुसन्धानमा आधरित योजना नबन्ने बिधमान नेपालको परिवेश, भयन्कर दरलाग्दा राष्ट्रिय बिपत्तीको सामना गर्नु पर्दाको अहिलेको नेपालको अवस्था, देसको राजाधानी भनिने धुलो(ध्वाँको पर्याय अनी ट्राफिक जामले ग्रसित, भुकम्पिय दृष्टिकोणले संसारको मुख्य जोखिममा रहेको काठमाडौंलाई ध्यानमा राखी बिपन्न देशलाई सम्पन्नतातिरको दिशामा अगाडि बढाउन अब पुरातन बिचारले नसक्ने र नयाँ ढंगले बैज्ञानीक अनुसन्धानमा आधरित योजना बनाउने पारीपाटिको सुरुवात हुन सकोस भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। सो को लागि सम्बन्धित निकायका सरोकारवाला नीतिनिर्माता एबम जनप्रतिनिधि र बुध्दिजिवी प्राग्यिक वर्गलाई एउटै गोलमेचमा राखी अबका दिनमा दिर्घकालिन रुपमा समस्याको समाधान गर्न बैज्ञानीकअनुसन्धानमा आधारित तयार पारीएका योजनाहरुलाई अगाडि बढाउन आबस्यक रहेको बाउनु भयो। प्रशाशक र प्राग्यिक बिचको खाडल पुर्ने पुलको रुपमा यो कार्यक्रम गरिएको र सबैको सहकार्यमा हाम्रा समस्याको दिगो समाधान हुने कुरा समेत बताउनु भयो। सो को लागि आ(आफ्नो ठाउँबाट सक्दो योगदान दिएर मानविय कल्याणमा लाग्न समेत सबैलाई आग्रह गर्नु भयो।

कार्यक्रममा ट्राफिक विभागका प्रमुख डिआइजी स्रवेन्द्र खनालले अहिलेको छाडापन, गलत सन्स्कार, कमजोर पुर्वाधार, सबै निकायको सम्बन्यको अभाव, वैज्ञानीक अनुसन्धानबिनाका पुर्वाधार, कमजोर जनशक्ती, जबर्जस्ती बनाइएका भौतिक संरचना, ब्यवस्थित शहरीकरणको अभावले काठमाडौं उपत्यकामा ट्राफिक ब्यबस्ठापन गर्न साह्रै गाह्रो भएको बताउनु भयो। बिपत्तिको बेलामा यो कार्य झनै कठिन हुने, बेलैमा सचेत र सो को योजना नबनाए गम्भिर क्षति हुने समेत बताउनु भयो। गृह मन्त्रालय विपद ब्यबस्ठापन शाखाका उप(सचिव चक्रपाणी पाण्डेले विपद व्यवस्थापनको लागि बनाइएका कार्ययोजना, भएका एेन कानुन, आवश्यक पर्ने एेन कानुनको निर्माण एबम दक्ष जनशक्तिको निर्माण, सो लागि आवश्यक पर्ने तालिम,सुबिधा सम्पन्न आधुनिक उपकरण अनी आबस्यक बन्दोबस्तिको तयारीको बारेमा

प्रस्तुती दिनु भयो। काठमाडौं विपद व्यवस्थापन शाखाका प्रमुख ईन्जिनियर सिंह शुवालले बिपदको उचित व्यवस्थापन गर्न सबै वार्डमा शाखा खोलिएको, जन चेतनाकाकामहरु गरिरहेको बताउनु भयो। तेसैगरी ललितपुर महानगर उप(प्रमुख गीता सत्यालले विपद व्यवस्थापन शाखा निर्माण गरी जन चेतनाका कामहरु गरिरहेको, अबका दिनमा सबै सँग सहकार्य गरेर अगाडि बढने बताउनु भयो। भक्तपुर नगरपालिका उप(प्रमुख आर्किटेक्ट राजनी जोशीले भक्तपुरलाई ऐतिहासिक शहरको स्मरण गर्दै पुरातन मौलिक सँरचनाहरुलाई जोगाउंदै बिपदको उचित व्यवस्थापन को लागि फरक तरिकाको योजना बनाउनु पर्ने बताउनु भयो। काठमाडौं जिविसकाभुतपुर्व प्रमुख सानु श्रेष्ठले सबैले मिलेर योजनाबध्द बिकासमा लागि सबैका समस्याको बैज्ञानीक तरिकाले गरिनु पर्ने बताउनु भयो। त्रीबिबी बिज्ञान तथा प्रबिधी डिन प्राडा राम प्रसाद खतिवडाले दुई विश्वबिधालयको सहकार्यमा माथिका समस्याहरु क्रमिक समाधान हुँदै जाने विश्वाश ब्यक्त गर्नु भयो। साथै यो कार्यमा सहयोग पुर्याउन विश्वबिधालयको तर्फबाट आफु कतिवद्द रहेको र यो कार्यको सुरुवात गर्नु भएकोमा धमला सर अनी मार्कलाई बिशेष धन्यवाद ग्यापन गर्दै सफलताको कामना समेत गर्नु भयो। डिएपी मुकुन्द मरासिनिले काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक अवस्था, संरचानको अवस्था, परिचालन जनशक्ती लगायताका बिषयको प्रस्तुती गर्नु भएको थियो। सो कार्यक्रममा अनुसन्धानका ६ वटा कार्यपत्र समेत प्रस्तुत गरिएका थिए।