जीका भाइरसबाट मस्तिष्क क्यान्सरको उपचार

maitrinews

अमेरिका । अमेरिकाका अनुसन्धानकर्ताहरुले भ्रूणको मस्तिष्कमा आक्रमण गरेर माइक्रोसेफालीग्रस्त शिशु बनाइदिने जीका भाइरस मान्छेहरुमा हुने मस्तिष्क क्यान्सर उपचार गर्न प्रयोग गर्न सकिने बताएका छन्।
अहिलेसम्म जीकालाई समाधानको उपाय होइन कि विश्वव्यापी स्वास्थ्य खतराका रुपमा मात्र हेर्ने गरिएको छ।
तर पछिल्लो अनुसन्धानबाट जीका भाइरसले जवान मानिसहरुमा हुने मस्तिष्कको क्यान्सर उपचार गर्न सकिने देखाएको छ।
मस्तिष्कको ुग्लीओब्लास्टोमाु क्यान्सर हुँदा तीब्र गतिमा बढ्ने ट्युमर केमोथेरापी र रेडियोथेरापीप्रति प्रतिरोधी भएकाले उपचार गर्न निकै मुस्किल रहँदै आएको छ।

मुसाहरुमा गरिएको प्रारम्भिक अध्ययनमा जीका भाइरसले ब्रेन क्यान्सर स्टेम सेललाई निशाना बनाएको छ जसले ट्युमर पुनस् पलाउनबाट रोक्छ।
अहिलेसम्म मानिसहरुमा यो परीक्षण गरिएको छैन।