प्रदेश २ मा एमालेका पक्षमा जनलहर,चुनाव हारिने भएपछि प्रदेश २ मा एमालेविरुद्ध भ्रमको खेती गर्दै निधि

maitrinews

 

जनकपुर । असोज २ गते प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका पक्षमा जनलहर आएको छ । एमालेका पक्षमा जनलहरदेखिपछि काँग्रेस अत्तालिएको छ ।प्रदेश २ को चुनाव हारिने भएपछि नेपाली काँग्रेसले एमालेविरुद्ध भ्रम र झूठको खेती गर्न थालेको छ । तराई मधेसमा राम्रो काम गरेर जनताको मन जितिसकेको एमालेलाई हराउन सुनियोजित ढंगले काँग्रेस लागेको छ । नेपाली काँगे्रसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपाली काँगे्रसको मिडिया सेन्टरद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा एमाले मधेश विरोधी शक्ति भएको , मधेशीलाई विदेशी भनेको जस्ता गलत आरोप लगाए ।
नेकपा एमाले न तराई मधेसविरोधी शक्ति हो न तराइमधेसवासीलाई विदेशी भन्ने गरेको छ । यस्तो झूठको खेतीले स्वयं काँग्रेसलाई नै घाटा हुनेछ ।