दशैँका लागि अग्रिम बुकिङ खुला, याुत्रहरुको लामो लाइन, टिकट नपाइने चिन्ता

 

काठमाडौँ । बस व्यवसायीलाई मनपरी गर्ने छुट सरकारले दिएसँगै दशैंका लागि मंगलबारदेखि देखि अग्मि टिकट बुकिङ खुलेको छ । तर, नयाँ बसपार्कमा मात्र हैन, गौशाला, कोटेश्वर, कलंकी, स्वयम्भु लगायतका स्थानमा अग्रिम टिकटका लागि पुगेका यात्रुको लामो लाइन छ । टिकट नपाइने हो कि भनी यात्रु चिन्तित छन् । 

सुर्खेतको लागि अग्रिम टिकट काटेका सुवास ढकाल बल्ल(बल्ल अन्तिमको सिट पाएको बताउँछन् । ‘जान्छु भनेको दिनमा सिट सकिसक्यो भन्छन्’ ढकालले भने, ‘अग्रिम बुकिङ त अली धेरै बस राखेर खोल्नुपर्ने हो । तर, चलिरहेको बसकै मात्र टिकट बुक गरेका रहेछन् ।’

उनले काटेको टिकटमा बस नम्बर उल्लेख छैन । त्यसैले टिकट काटेर पनि ढुक्क हुन नपाएको ढकालको गुनासो छ ।शुभेच्छा र सुवास मात्र होइन, बसको टिकट काट्न लाइनमा बसेका अधिकांशमा चिन्ता एउटै छ, टिकट नै नपाइने हो कि १

गतवर्ष बुकिङ खुलेको ५ घण्टा पनि नबित्दै टिकट सकिएको भन्दै काउन्टर बन्द गरिएको थियो । तर, ब्ल्याकमा टिकट विक्री भयो । त्यसको तीव्र आलोचना भएपछि सरकारको पहलमा पुनः बुकिङ खोलिएको थियो ।यस पटक पनि टिकटमा कालोबजारीको समस्या देखिएको छ । ‘यहाँ टिकट काटेका सबैलाई सोध्नुस् अघिल्लो सिटहरु कसैले पाएका छैनन्’ विराटनगरका सुरेश साह भन्छन्, ‘बच्चा र वृद्धवृद्धा लिएर जानुछ भन्नेलाई त अघिको सिट दिनुपर्ने हो । तर, काउन्टर खोल्नासाथ अघिको सिट छैन भनिरहेका छन् ।’