उत्साहका साथ मतदान गर्न एमालेको अपिल, प्रदेश २ मा एमालेका उम्मेदवारहरु

काठमाडौँ । स्थानीय तहको निर्वाचनअन्तर्गत आगामी २०७४ साल असोज २ गते प्रदेश नं. २ मा तेस्रो चरणमा निर्वाचन हुन गइरहेको सबैलाई विदितै छ । प्रदेश नं. २ का ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका र १२७१ वडामा जनप्रतिनिधि छान्नका लागि यो निर्वाचन हुन गइरहेको छ । प्रदेश नं. २ को निर्वाचन सबैका लागि चासो र प्रतीक्षाको विषय बनेको छ । हाम्रो पार्टी नेकपा (एमाले) प्रदेश नं. २ को निर्वाचनमा उत्साहका साथ मतदान गरी आफ्नो घर आँगनका जनप्रतिनिधिहरुको छनोट
गर्न सम्पूर्ण मतदाताहरुमा हार्दिक आह्वान गर्दछ ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा चुनिएका जनप्रतिनिधिहरुमध्ये नेकपा (एमाले)को
चुनाव चिन्ह सूर्य चिन्हबाट ४५ प्रतिशतभन्दा बढी जनप्रतिनिधि निर्वाचित भएर नेकपा (एमाले) देशकै पहिलो पार्टी बनेको छ । यसैगरी दुवै चरणको निर्वाचनमा लोकप्रिय मतको आधारमा समेत हाम्रो पार्टीले उल्लेख्य सफलता हासिल गरेको छ । स्थानीय तहमा प्राप्त सिट संख्या र लोकप्रिय मतको आधारमा नेकपा (एमाले) नेपालको राष्ट्रिय राजनीतिमा नेतृत्वदायी र सबभन्दा शक्तिशाली पार्टीका रुपमा स्थापित भएको छ । आजको
चुनौतिपूर्ण र घेराबन्दीको अवस्थामा सबैखाले बाधा, व्यवधान, अवरोध र नेकपा (एमाले)विरुद्ध गरिएका सबैखाले गठबन्धनका प्रतिकूलताहरुको सामना गर्दै हाम्रो पार्टीलाई मुलुकको सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्न
भूमिका खेल्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हामी हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछौं ।
साथै, असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनबाट समेत पार्टीले प्राप्त गरेको यो स्थान कायम राख्न साथ र सहयाग रहन े े विश्वाससमेत व्यक्त गर्दछौं । हामी घोषणा गर्दछौं– प्रदेश नं. २ मा समेत नेकपा (एमाले)ले प्रथम स्थान सुरक्षित गर्छ । र, प्रदेश नं. २ का आम मतदाताहरुलाई नेकपा (एमाले)को पक्षमा मतदान
गरी मुलुकको राष्ट्रियता एकता, सामाजिक सद्भाव, स्थिर र बलियो लोकतान्त्रिक अभ्यास र समृद्धिको बाटोमा अघि बढ्न ठोस योगदान गर्नसमेत हामी हार्दिक आह्वान गर्दछौं ।
निर्वाचनको प्रचार–प्रसार तीब्र बनिरहेको पछिल्लो अवस्थामा सरकार र सत्तापक्षीय गठबन्धनबाट प्रदेश नं. २ का जनतालाई आतंकित गर्ने, मत प्रभावित गर्ने उद्देश्यले राज्यसत्ताको दुरुपयोग गर्ने रवैया बढ्दै गएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारी साधन स्रोतको दुरुपयोग र निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने काममा स्वयम् सरकारका मन्त्रीहरु, सत्ताधारी गठबन्धनका नेताहरु सामेल भइरहेका समाचारहरु
एकपछि अर्को आइरहेका छन् । हाम्रो पार्टी प्रदेश नं. २ मा शान्तिपूर्ण र भयरहित ढंगले मतदाताहरुले मदतान गर्न पाउने अधिकार सुनिश्चित गर्न तथा आचारसंहिताको कडाइका साथ पालना गराउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
लोकतन्त्रमा सबै राजनीतिक दल र उम्मेदवारहरुले आफ्नो विचार र आस्थाको आधारमा चुनावी अभियान सञ्चालन गर्न पाउनु अत्यन्तै न्यूनतम कुरा हो । पछिल्ला दिनहरुमा प्रदेश नं. २ का विभिन्न जिल्लामा नेकपा ( एमाले)का कार्यक्रमहरु बिथोल्न खोज्ने, उम्मेदवारहरुलाई मतदाताबीच पुग्न अवरोध सिर्जना गर्ने, एमालेविरुद्ध कुप्रचार गर्नेजस्ता निन्दनीय क्रियाकलापहरु बढ्दै गएका छन् । नेकपा (एमाले) तराई÷मधेसका जनताकै काखमा
जन्मिएको, उनीहरुकै माया–ममता र सहयोगमा हुर्किदै यहाँसम्म आइपुगेको पार्टी हो । इतिहासका प्रत्येक अप्ठ्यारा कालखण्डमा तराई÷मधेसका जनतासँग नेकपा (एमाले)ले प्रगाढ सम्बन्ध स्थापित गर्दै आएको छ । तराई÷मधेसमा सामन्ती व्यवस्था, जातीय विभेद र लैंगिक विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै सामाजिक न्याय र समानता स्थापित
गर्न अनवरत रुपमा जनताको अगुवाई गर्दै आएको पार्टी नेकपा (एमाले) हो । यसक्रममा आम जनसमुदायबाट अपार समर्थनसमेत प्राप्त गर्दै आएको पार्टी नेकपा (एमाले) हो । अहिले पनि हाम्रो पार्टीका विरुद्ध फैलाइएका सबैखाले भ्रम तथा षड्यन्त्रहरुलाई चिर्दै नेकपा (एमाले)लाई लोकप्रिय पार्टीका रुपमा स्थापित गर्न तराई÷मधेसका जनताहरु उत्साहका साथ हाम्रो पार्टीको चुनावी प्रचार अभियानमा जुटिरहेका छन् । पार्टीलाई अझै एकताबद्ध र
सुदृढ गर्दै हाम्रो विरुद्धका सबै षड्यन्त्रहरुलाई परास्त गर्न र तराई÷ मधेसमा साँचो लोकतन्त्र स्थापित गर्ने महाअभियानमा जुट्न हामी पार्टीका सबै नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई हार्दिक आह्वान गर्दछौं । प्रदेश नं. २ मा हुन गइरहेको स्थानीय तहको चुनावका लागि शान्ति सुरक्षाको पूर्णतया ग्यारेन्टी गर्न र आम मतदातालाई भयरहित ढंगले मतदान गर्ने वातावरण सिर्जना गर्न हाम्रो पार्टी नेपाल सरकार, सम्बद्ध सुरक्षा निकाय
र राष्ट्रसेवक कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण गर्दछ ।प्रदेश नं. २ का १ सय ३६ वटै तहका लागि हाम्रो पार्टीका तर्फबाट पार्टी सदस्यहरुको भावना, जनताको
चाहना र पार्टी कमिटीहरुको सिफारिसका आधारमा उम्मेदवारहरु चयन गरिएका छन् । लोकतन्त्रप्रति प्रतिबद्ध, लामो राजनीतिक जीवन भएका, सामाजिक र नैतिक रुपले राम्रो प्रतिष्ठा भएका, जनतासँग घनिष्ठ सम्बन्ध स्थापित गर्नसक्ने र जनचाहनाअनुरुप स्थानीय तहमा नेतृत्व गर्नसक्ने योग्य तथा सक्षम व्यक्तिहरुलाई प्राथमिकताका साथ हाम्रो पार्टीले उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । यसरी तय गरिएका गाउँ तथा नगरका प्रमुख र उपप्रमुख÷अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको सूची यसैसाथ संलग्न छ । हाम्रो पार्टीका उम्मेद्वारहरुलाई
आफ्नो अमूल्य मतदान गरी विजयी गराउन पार्टीका तर्फबाट हामी सम्पूर्ण जनसमुदायमा हार्दिक आह्वान र अपिल गर्दछौं ।
प्रदेश नं. २ को निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुनेछ । सही र तथ्यपरक समाचार सम्प्रेषण गर्दै यहाँहरुले आफ्नो ऐतिहासिक दायित्वलाई पूरा गर्नुहुनेछ भन्ने हाम्रो पार्टीको विश्वास रहिआएको छ ।

 

प्रदेश २ मा नेकपा एमालेका उम्मेदवारहरु

१. महोत्तरी (१५)
बर्दिवास नगरपालिका
प्रमुख ः सुरेशबहादुर राउत, उपप्रमुख ः कमला वाइवा तामाङ
भंगाहा नगरपालिका
प्रमुख ः अरुणकुमार सिंह, उपप्रमुख ः अनिता यादव
लोहारपट्टी नगरपालिका
प्रमुख ः बदरुल हक कवारी, उपप्रमुख ः शोभा झा
मटिहानी नगरपालिका
प्रमुख ः मुजिम राइन, उपप्रमुख ः गुलावदेवी मण्डल
जलेश्वर नगरपालिका
प्रमुख ः माधव मण्डल, उपप्रमुख ः रागिनी चौधरी
गौशाला नगरपालिका
प्रमुख ः पदमप्रसाद उपाध्याय, उपप्रमुख ः शान्तिदेवी सिंह दनुवार
रामगोपालपुर नगरपालिका
प्रमुख ः रामदुलार साह, उपप्रमुख ः रञ्जु पटेल
औरही नगरपालिका
प्रमुख ः मोहन महतो, उपप्रमुख ः सुमित्रादेवी यादव
बलवा नगरपालिका
प्रमुख ः मन्सुर कवारी, उपप्रमुख ः लालोदेवी मण्डल
मण्डासिसवा कटैवा नगरपालिका
प्रमुख ः राजकिशोर साह, उपप्रमुख ः चन्दुदेवी मण्डल
पिपरा गाउँपालिका
अध्यक्ष ः विक्रम चौधरी, उपाध्यक्ष ः रेखादेवी साह
महोत्तरी गाउँपालिका
अध्यक्ष ः जितेन्द्र पासवान, उपाध्यक्ष ः गोलसन खातुन
सोनमा गाउँपालिका
अध्यक्ष ः रामदुलार यादव, उपाध्यक्ष ः राजादेवी साह
सम्सी गाउँपालिका
अध्यक्ष ः मिनाक्षीकुमारी साह, उपाध्यक्ष ः शेष इद्रिस
एकडारा गाउँपालिका
अध्यक्ष ः इलियास अन्सारी, उपाध्यक्ष ः ममतादेवी मण्डल
२. सर्लाही (२०)
मंलगवा नगरपालिका
प्रमुख ः देवेन्द्र राय यादव, उपप्रमुख ः कसिरा खातुन
इश्वरपुर नगरपालिका
प्रमुख ः मनोज देवकोटा, उपप्रमुख ः एकावती चौधरी
लालबन्दी नगरपालिका
प्रमुख ः मानबहादुर खडका, उपप्रमुख ः शान्ति लामा
हरिपुर नगरपालिका
प्रमुख ः जमरुद्दीन मन्सुर, उपप्रमुख ः रेणुका काफ्ले
बरहथवा नगरपालिका
प्रमुख ः कल्पना कटुवाल, उपप्रमुख ः विष्णुकान्त महतो
हरिऔन नगरपालिका
प्रमुख ः गणेश प्रसाई, उपप्रमुख ः रेणुका पौडेल
वागमती नगरपालिका
प्रमुख ः विष्णु पुलामी, उपप्रमुख ः विभा नेपाल
कविलासी नगरपालिका
प्रमुख ः फगुनी मण्डल, उपप्रमुख ः गीतादेवी साह
हरिपुर्वा नगरपालिका
प्रमुख ः जयप्रकाश यादव, उपप्रमुख ः वन्दना साह
बलरा नगरपालिका
प्रमुख ः उमेश सिंह, उपप्रमुख ः सुनितादेवी सहनी
बसबरिया गाउँपालिका
अध्यक्ष ः रुदल सहनी, उपाध्यक्ष ः …
विष्णु गाउँपालिका
अध्यक्ष ः मुनिल हजारी, उपाध्यक्ष ः …
कौडेना गाउँपालिका
अध्यक्ष ः लालबाबु साह सोनार, उपाध्यक्ष ः …
चक्रघट्टा गाउँपालिका
अध्यक्ष ः उपेन्द्र यादव, उपाध्यक्ष ः धनवतीदेवी पासवान
चन्द्रनगर गाउँपालिका
अध्यक्ष ः लछेन्दर बिन मुखिया, उपाध्यक्ष ः …
(ब्रम्हपुरी, पर्सा, गोडैता, रामनगर र धकोल गाउँपालिकाको निर्णय गर्न बाँकी ।)
३. सप्तरी (१८)
सप्तकोशी नगरपालिका
प्रमुख ः उत्तमकुमार गौतम, उपप्रमुख ः आशा चौधरी
कञ्चनरुप नगरपालिका
प्रमुख ः बसन्त मिश्र, उपप्रमुख ः आस्रादेवी चौधरी
बोदेवसाइन नगरपालिका
प्रमुख ः कमाल मोहमद, उपप्रमुख ः तारादेवी झा
हनुमाननगर कंकालनी नगरपालिका
प्रमुख ः सोभितलाल यादव, उपप्रमुख ः अरुणा पैकरा
राजविराज नगरपालिका
प्रमुख ः सुखराम यादव, उपप्रमुख ः ममता चौधरी
शम्भुनाथ नगरपालिका
प्रमुख ः जितेन्द्रप्रसाद गुप्ता, उपप्रमुख ः शोभाकुमारी चौधरी
डाक्नेश्वरी नगरपालिका
प्रमुख ः रामलखन मुखिया, उपप्रमुख ः मिन्टु चौधरी
खडक नगरपालिका
प्रमुख ः सत्रुघनप्रसाद साह, उपप्रमुख ः राधा पासवान
सुरुङ्गा नगरपालिका
प्रमुख ः रामनारायण चौधरी, उपप्रमुख ः सविता साह
तिरहुत गाउँपालिका
अध्यक्ष ः गफुर मियाँ, उपाध्यक्ष ः अम्बिकाकुमारी यादव
महादेवा गाउँपालिका
अध्यक्ष ः राजाराम यादव, उपाध्यक्ष ः हिरादेवी शर्मा
रुपनी गाउँपालिका
अध्यक्ष ः ……….., उपाध्यक्ष ः सञ्जुकुमारी चौधरी
विष्णुपुर गाउँपालिका
अध्यक्ष ः अशोककुमार यादव, उपाध्यक्ष ः सोनितादेवी राम
तिलाठी कोइलाडी गाउँपालिका
अध्यक्ष ः जागेश्वर झा, उपाध्यक्ष ः रञ्जुदेवी मण्डल
छिन्नमस्ता गाउँपालिका
अध्यक्ष ः जयप्रकाश ठाकुर, उपाध्यक्ष ः अञ्जुदेवी यादव
बेल्ही चपेना गाउँपालिका
अध्यक्ष ः ओमप्रकाश मण्डल, उपाध्यक्ष ः आशादेवी यादव
अग्निसाइर कृष्णासवरण गाउँपालिका
अध्यक्ष ः बद्रीनारायण चौधरी, उपाध्यक्ष ः सैलेन्द्रीदेवी लेखी
बलान त्रिहुल गाउँपालिका
अध्यक्ष ः अशोककुमार यादव, उपाध्यक्षः …
४. पर्सा (१४)
बीरगन्ज महानगरपालिका
प्रमुख ः बसरुद्दीन अन्सारी, उपप्रमुख ः सोफिया आचार्य
पोखरिया नगरपालिका
प्रमुख ः बृजेश चौहान, उपप्रमुख ः मीना देवी
बहुदरामाई नगरपालिका
प्रमुख ः प्रमोदप्रसाद कुशवाहा, उपप्रमुख ः …
पर्सागढी नगरपालिका
प्रमुख ः …, उपप्रमुख ः …
ठोरी गाउँपालिका
अध्यक्ष ः लालबहादुर श्रेष्ठ, उपाध्यक्ष ः गोकुलकुमारी रेग्मी
जिराभवानी गाउँपालिका
अध्यक्ष ः रामप्रित महतो थारु, उपाध्यक्ष ः उषादेवी थरुनी
धोबनी गाउँपालिका
अध्यक्ष ः इस्लाम मियाँ तेली, उपाध्यक्ष ः रामकलीदेवी कुर्मीन
छिपहरमाइ गाउँपालिका
अध्यक्ष ः रन्जित गुप्ता, उपाध्यक्ष ः आशादेवी यादव
जगरनाथपुर गाउँपालिका
अध्यक्ष ः वासुदेव राम, उपाध्यक्ष ः रवनी पाण्डे
पटेर्बा सुगौली गाउँपालिका
अध्यक्ष ः हरिनारायण चौधरी, उपाध्यक्ष ः सञ्जु चौधरी
सखुवा प्रसौनी गाउँपालिका
अध्यक्ष ः निरराज गिरी, उपाध्यक्ष ः केदारकुमारी विक
पकाहा मैनपुर गाउँपालिका
अध्यक्ष ः मदन पासवान, उपाध्यक्ष ः प्रमिलादेवी दास
कालिका गाउँपालिका
अध्यक्ष ः कृष्णमोहन तिवारी, उपाध्यक्ष ः ….
बिन्दवासनी गाउँपालिका
अध्यक्ष ः गौरीशंकर साह, उपाध्यक्ष ः रेणु चौरसिया
५. बारा (१६)
कलैया उपहानगरपालिका
प्रमुख ः विनोद साह, उपप्रमुख ः प्रतिमा यादव
जितपुर–सिमरा उपमहानगरपालिका
प्रमुख ः कृष्ण पौडेल, उपप्रमुख ः सरस्वती चौधरी
सिम्रौनगढ नगरपालिका
प्रमुख ः गगनदेव कुशवाहा, उपप्रमुख ः राजकुमारी यादव
कोल्हवी नगरपालिका
प्रमुख ः भरतबहादुर भण्डारी, उपप्रमुख ः सुनैना चौधरी
निजगढ नगरपालिका
पम्र ुख ः यमबहादुर खडका, उपप्रमुख ः लीला खनाल
महागढीमाई नगरपालिका
प्रमुख ः महानन्द यादव, उपप्रमुख ः मिराकुमारी जैसवाल
पचरौता नगरपालिका
प्रमुख ः लोकनाथ राय यादव, उपप्रमुख ः नजमा खातुन
आदर्श कोटवा गाउँपालिका
अध्यक्ष ः लालबाबु यादव, उपाध्यक्ष ः उषादेवी कुशवाहा
करैयामाई गाउँपालिका
अध्यक्ष ः मोतिलाल चौधरी, उपाध्यक्ष ः सूर्यवती राम
देवताल गाउँपालिका
अध्यक्ष ः विजय पाण्डे, उपाध्यक्ष ः रिनाकुमारी राम
परवानीपुर गाउँपालिका
अध्यक्ष ः रामक्षेत्री पटेल, उपाध्यक्ष ः सुगन्धीदेवी
प्रसौनी गाउँपालिका
अध्यक्ष ः प्रमोद गुप्ता, उपाध्यक्ष ः सावित्री देवी
फेटा गाउँपालिका
अध्यक्ष ः गुलाम अन्सारी, उपाध्यक्ष ः सावित्री गिरी
वारागढी गाउँपालिका
अध्यक्ष ः सीताराम चौधरी, उपाध्यक्ष ः धनमाया चौधरी
विश्रामपुर गाउँपालिका
अध्यक्ष ः धर्मदेव यादव, उपाध्यक्ष ः राजमती यादव
सुवर्ण गाउँपालिका
अध्यक्ष ः सत्यपाल यादव, उपाध्यक्ष ः सयोदा खातुन
६. सिरहा (१७)
लहान नगरपालिका
प्रमुख ः मुन्नी साह, उपप्रमुख ः सरियार चौधरी
गोलबजार नगरपालिका
प्रमुख ः श्याम श्रेष्ठ, उपप्रमुख ः …
मिर्चैया नगरपालिका
प्रमुख ः प्रदीप महासेठ, उपप्रमुख ः शोभा साह
सिरहा नगरपालिका
प्रमुख ः डा. नवीन यादव, उपप्रमुख ः डा नविता यादव
कर्जन्हा नगरपालिका
प्रमुख ः रामदयाल महतो, उपप्रमुख ः अन्जु राय
सुखीपुर नगरपालिका
प्रमुख ः रामअवतार यादव, उपप्रमुख ः रेणुदेवी साह
कल्याणपुर नगरपालिका
प्रमुख ः रामपुकार साह, उपप्रमुख ः चन्द्रकलादेवी यादव
धनगढी नगरपालिका
प्रमुख ः ….., उपप्रमुख ….
सखुवा नन्कारकट्टी गाउँपालिका
अध्यक्ष ः केदार यादव, उपाध्यक्ष ः अमला यादव
वरियारपट्टी गाउँपालिका
अध्यक्ष ः राम स्वगारथ यादव, उपाध्यक्ष ः देवशरणदेवी यादव
नवराजपुर गाउँपालिका
अध्यक्ष ः सुरेन्द्र यादव, उपाध्यक्ष ः संगीतादेवी यादव
लक्ष्मीपुर पतारी गाउँपालिका
अध्यक्ष ः देवनारायण साह, उपाध्यक्ष ः गीता चौधरी
अर्नमा गाउँपालिका
अध्यक्ष ः चन्देश्वर मण्डल, उपाध्यक्ष ः रामकुमारी महतो
विष्णुपुर गाउँपालिका
अध्यक्ष ः सत्यनारायण यादव, उपाध्यक्ष ः ममताकुमारी सिंह
नरहा गाउँपालिका
अध्यक्ष ः रामशरण यादव, उपाध्यक्ष ः गुलावदेवी चौधरी
औरही गाउँपालिका
अध्यक्ष ः सुवर्ण यादव, उपाध्यक्ष ः आशादेवी यादव
भगवानपुर गाउँपालिका
अध्यक्ष ः उग्रनारायण यादव, उपाध्यक्ष ः विन्दादेवी यादव
७. रौतहट (१८)
गौर नगरपालिका
प्रमुख ः शम्भु साह, उपप्रमुख ः इन्दुकुमारी झा
राजदेवी नगरपालिका
प्रमुख ः भिखारी यादव, उपप्रमुख ः रुबीकुमारी महतो
माधवनारायण नगरपालिका
प्रमुख ः रामनरेश यादव, उपप्रमुख ः पुनम साह
गढीमाई नगरपालिका
प्रमुख ः हरिनारायण यादव, उपप्रमुख ः गजला साहिन
गरुडा नगरपालिका
प्रमुख ः मोहम्मद कलिम उल्लाह, उपप्रमुख ः पानपतिकुमारी सहनी
बृन्दावन नगरपालिका
प्रमुख ः विनोदप्रसाद कुर्मी, उपप्रमुख ः पार्वतीदेवी सहनी
चन्द्रपुर नगरपालिका
प्रमुख ः बाबुराम दाहाल, उपप्रमुख ः रामरति चौधरी
गुजरा नगरपालिका
प्रमुख ः रामेश्वरीदेवी चौधरी, उपप्रमुख ः इन्द्रिस सिद्धिकी
कटहरिया नगरपालिका
प्रमुख ः योगेन्द्र साह, उपप्रमुख ः सयलकुमारी देवी यादव
देवाहीगोनाही नगरपालिका
प्रमुख ः धमेन्द्रप्रसाद पटेल, उपप्रमुख ः सिकिलिया देवी यादव
फतुवा विजयपुर नगरपालिका
प्रमुख ः बुधाई खाँ पैठान, उपप्रमुख ः पवित्रा कार्की
मौलापुर नगरपालिका
प्रमुख ः गगनदेव साह, उपप्रमुख ः सुनितादेवी यादव
बौधीमाई नगरपालिका
प्रमुख ः प्रदीप यादव, उपप्रमुख ः इन्दु मिश्र
राजपुर नगरपालिका
प्रमुख ः साह मोहम्मद, उपप्रमुख ः लक्ष्मीदेवी साह
इसनाथ नगरपालिका
प्रमुख ः सदरे आलम, उपप्रमुख ः प्रभावतीदेवी साह
परोहा नगरपालिका
प्रमुख ः ताराचन्द्रप्रसाद सिन्हा, उपप्रमुख ः लुसरत जहाँ
दुर्गाभगवती गाउँपालिका
अध्यक्ष ः वीरेन्द्र साह, उपाध्यक्ष ः प्रमिलादेवी यादव
यमुनामाई गाउँपालिका
अध्यक्ष ः मक्सुद आलम, उपाध्यक्ष ः किरणदवी साह े
८. धनुषा (१८)
जनकपुर उपमहानगरपालिका
प्रमुख ः लक्ष्मीनारायण भगत, उपप्रमुख ः पुनमकुमारी मिश्र
हसपुर नगरपालिका
प्रमुख ः सुशील साह, उपप्रमुख ः किरणकुमार यादव
धनुषाधाम नगरपालिका
प्रमुख ः योगकुमार यादव, उपप्रमुख ः अम्बिका विश्वकर्मा
विदेह नगरपालिका
प्रमुख ः राजकिशोर यादव, उपप्रमुख ः आशादेवी झा
मिथिला बिहारी नगरपालिका
प्रमुख ः अनिल यादव, उपप्रमुख ः अनिताकुमारी साह
मिथिला नगरपालिका
प्रमुख ः हरिनारायण महतो, उपप्रमुख ः तारा बस्नेत लामा
नगराईन नगरपालिका
प्रमुख ः रामबाबु साह, उपप्रमुख ः राधिका यादव
कमला नगरपालिका
प्रमुख ः दिपेन्द्र यादव, उपप्रमुख ः गायत्रीदेवी महतो
क्षिरेश्वरनाथ नगरपालिका
प्रमुख ः हरिनारायण यादव, उपप्रमुख ः यशोदाकुमारी यादव
शहिदनगर नगरपालिका
प्रमुख ः जयप्रकाश यादव सुनरैत, उपप्रमुख ः मिना मण्डल
सबैला नगरपालिका
प्रमुखः…, उपप्रमुख ः इन्दु गुप्ता
चारनाथ गणेशमान नगरपालिका
प्रमुख ः बेचन साह, उपप्रमुख ः मञ्जु लामा
बटेश्वर गाउँपालिका
अध्यक्ष ः डम्बरबहादुर राउत, उपाध्यक्ष ः इन्दिरा सिंह दनुवार
लक्ष्मीनियाँ गाउँपालिका
अध्यक्ष ः राजकिशोर यादव, उपाध्यक्ष ः भौली यादव
औरही गाउँपालिका
अध्यक्ष ः उमाशंकर साह, उपाध्यक्ष ः नन्दकुमारी ठाकुर
मुखियापट्टि मुसरनियाँ गाउँपालिका
अध्यक्ष ः मनोजकुमार यादव, उपाध्यक्ष ः मिरादेवी महतो
धनौजी गाउँपालिका
अध्यक्ष ः राजकुमार, उपाध्यक्ष ः इन्दिला यादव
जनकनन्दनी गाउँपालिका
अध्यक्ष धितेन्द्रलाल दास, उपाध्यक्ष ः गीता साह