दोषीले उन्मुक्ति पाउँदैन — विश्वबाबु पुडासैनी,महानिर्देशक,गुणस्तर तथा नापतौल विभाग

maitrinews

विभिन्न वस्तुको नाप, तौल तथा शुद्धता जस्ता बिषयलाई केलाउने निकायकोरुपमा गुणस्तर तथा नापतौल विभाग रहेको छ । यसले समयम समयमा बजार अनुगमन गर्ने र वस्तुको नापतौल यकिन गर्ने, गुणस्तर परक्षिण गर्ने लगायतका काम गर्दछ ।
पछिल्लो समयमा विभिन्न वस्तुहरुको बजार अनुगमन तथा गुणस्तर परीक्षणको कार्यले तिव्रता पाएको अवस्थाा छ । यस्तै सुनचाँदीको करोवारमा हलमार्किङ सम्वन्धी ब्यवस्थागर्नकालागि विभागले नै आवश्यक नीति निर्माण कार्य पनि अगाडि बढेएको छ । बजार अनुगमनले तिव्रता पाएको विद्यमान अवस्थामा गुणस्तर तथा नापतौल बिभागका महानिर्देशक विश्ववावु पुडासैनीसँग गरिएकोे कुराकानीको संक्षेप :

चाडपर्व नजिकिएसँग बजार अनुगमन बढेको हो ?

बजार अनुगमन समयम समयमा निरन्तररुपमा भैरहन्छ । यद्यपी चाडपर्बको समयमा सामान्य अवस्थाको भन्दा बढी हुनु स्वभाविकै हो । यस्तो वेलामा उपभोक्तालाई सचेत गराउन र ब्यापारिलाई खबरदारी गर्न अनुगमन बढी हुनसक्छ । अनुगमनकालागिपनि विभिन्न सरकारी निकाय छन् । सवैको आ–आफ्नो जिम्मेवार छ । तोकिएको जिम्मेवारी अनुसार आफ्नो क्षेत्रमा आवश्इकता अनुसार अनुगमनको काम हुने गर्दै आएको छ ।

उपभोक्ता ठगीगर्नेक्रम बढ्यो भन्ने छ । किन यस्तो भयो ?

यसमा उपभोक्रा आफैंपनि सक्रिय र जागरुक हुनु पर्दछ । हामिले गर्ने अनुगमनले मात्रै सबै समस्या सहजै निराकरण गर्छ भन्ने होइन । उपभोक्ताले आफू ठगिएको मानेमा हामीलाई खबर गर्न सक्नु हुन्छ । त्यस्तो जानकारी पाए हामी तुरुन्तै एक्सन लिन्छौं । यसमा ब्यवसायीपनि सतर्क रहनु पर्दछ । गल्ती गर्ने एकपटक कारबाहिको दायरामा आउँछनै । उपभोक्ताको हितलाई ध्यान दिनु उनीहरुको दायित्व र कर्तब्य पनि हो ।

अनुगमन कम हुन्छ र भएपनि पहिल्यै खवर गरेर जाने चलन छ भन्छन् नि ?

खवर त पत्रपत्रिका तथा मिडियावाट नै पहिला आउने गरेको छ । अनुगमन हुने भयो भने पछि ब्यापाकरुपमा हल्ला खल्ला हुन्छ । यो अनुगमन हुन्छ भन्ने एउटा जनाकारी पहिल्यै वाहिर आइसक्दछ । यसलाई गलत रुपमा मात्रै लिनपनि मिल्दैन । अनुगमन हुँदैछ भन्ने जानकारी पाएपछि मान्ेछहरु सतर्क हुन्छन् । गल्ती गर्न छाड्छन् । यसलेपनि सकारात्मक फाइदा पु¥याइरहेको हुन्छ । अनुगमन गर्न जाँदा यसैको मा जाने भन्ने त महिला आउँदैन । तसर्थ अनुगमन हुँदैछ भन्ने हल्ला आउनु गलत होइन ।

सरकार परिवर्तनभएका वेला र चाडवाडमा मात्रै अनुगमन हुन्छ भन्छन् । किन ?

त्यस्तो होइन । बजार अनुगमन बर्षौभरी भैनै रहन्छ । यो एउटा नियमित प्रकृया हो । चाडवाडको वेलामा स्वभाविकरुपमा बढी हुन्छ । अन्य समयमापनि भैरहेको हुन्छ । हाम्रो स्रोत र साधनले भ्याएसम्म बर्षभरी नै अनुगमन भैरहेको हुन्छ ।

कारवाही खासै हुँदैन भन्छन किन ?

नापतौल तर्फ त तोकिएको कानूनी कारवाही छ । आवश्यकता अनुसार कारवाही भैरहेको पनि छ । नीतगत व्यवसथ अनुसार कारवाही भैरहेको छ । अन्य विभिन्न क्षेत्रमापनि अनुगमन हुने हुनाले सवै क्षेत्रमा कारवाहीको एउटै प्रकृति नहुन सक्दछ । कानुनले नै दण्ड सजाएको ब्यवस्था गरेको छ । प्रभावकारी कारवाही चाहीँ हुन सकेको छैन ।
गत्ती गर्नेलेपनि मजोर कानूनी ब्यवस्थाकाकारण उन्मुक्ती पाएको भन्ने सुनिन्छ । त्यो सत्य हो ?
धेरै कामगर्दा कहिँ कतै त्यस्तो पनि भएको हुन सक्दछ । कानून वनाउने वेलामापनि सवै कुरामा ध्यान नपुगेका पनि हुन सक्दछ । यसर्थ यी सवै कुराहरुलाई दृष्टिगतगरी समयसापेक्ष हुने खालको कानून िब्यवस्थागर्न नयाँ कानूनको तजुृमा भैरहेको हो । कानूनी सुधारकालागि शुरु भएको यो तयारी अहिले अन्तिम चरणमा नै पुग्न लागेको छ । हाल यस सम्वन्धी मस्यौदा वनिसकेको छ । अव छिट्टै त्यो कार्यान्वयनमा आउने हाम्रो अपेक्षा छ ।

यस विभागले कुन कुन कुन क्षेत्र हेर्दै आएको छ ?

हामीले गर्ने कार्य निश्चित छन् । एउटा नाप्ने÷तौलने र अर्को नेपाल गुणस्तर अंकित वस्तुको प्रमाणित गर्ने हो । यी कार्य विभागवाट तदारुकताकासाथ भैरहेका छन् ।

नेपाल गुणस्तर चिनह् प्रयोग भएका सामान गुणस्तरिय हुन्छ ?

यसमा विश्वस्त भए हुन्छ । नेपाल एन एस को मापदण्ड पालना नभएमा हामी अनुमति खारेजसम्मको कारवाही गर्दछौं । ६५० वटा विभिन्न वस्तुहरुमा १ सय ८० वटा उद्योग र ३ सय जति इजाजतपत्र फर्मले यो लिएका छन् । ती सवैले गुणस्तर सम्वनी मापदण्ड परार गरेकै हुन्छन् । त्यसको हामी समय समयमा अनुगमन गरिरहेका पनि हुन्छौं ।

अनुगमनकाक्रममा के कस्ता समस्या बढी आउँदछन् ?

नापतौल तर्फको मुख्य समस्या भनेका नाप्ने–तौलने यन्त्रको इजाजत नलिने, नविकरण नगराउने हो । यस्तै इन्धनको क्षेत्रमा कम परिमाणमा इनधान दिने जस्ता काम भैरहेको छन् । यसको नियन्त्रणकालागि हामी सक्रियतापुर्वक लागिरहेका छौं । एउटा निश्चित मापदण्डमा रहनै पर्ने हुन्छ । नगर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइन्छ ।

सुनचाँदीको गुणस्तर सम्वन्धी विभागले कसरी हेर्दै आइरहेको छ ?

अहिले नेपाली बजारमा आइरहेको सुन ९९ दशमलव ५ प्रतिशतको हो । तरपनि बजारमा विभिन्न क्याटागोरिका सुन आउँदछ । त्यो घोषणा हुनु पर्दछ । कति शुद्धताको सुन ल्याएको हो त्यो प्रष्ट हुनु पर्दछ ।
कसैले २२, कसैले १८ क्यारेटको पनि वेच्न सक्दछ । त्यो धोषणा हुनु पर्दछ । विगतमा भएका अनुगमनकाक्रममा कही कमी कमजोरी भेटिएको थियो । त्यसमा शुधार हुनुपर्दछ । आपुर्ति ब्यवस्थापन विभागका तर्फवाट यस क्षेत्रमा अनुगमन हुन्छ । अहिले त्यति धेरै भैरहेको छैन । यो क्षेत्रलाई व्यवस्थितगर्न मापदण्डको पनि कुरा आइरहेको छ । कानुनी दायराभित्र गुणसतरको क्षेत्र धेरै पर्दैन । हामील्े आवश्यकता अनुसार सुन चाँदीको गुणस्तर परक्षिण गर्दै आइरहेका छौं ।

विभागले आगामी दिनमा नयाँ के गर्दै छ ?

हामी बिशेष गरेर राष्ट्रिय गुणस्तर तर्जुमागर्ने कायमगर्ने लागेका छौं । विद्युतीय सामाग्रि, फुटवयेर लगायका विभिन्न वस्तुहरुमा गुणस्तर तर्जुमागर्ने कार्यमा जुटेका छौं । यस्तै खाद्य वस्तुको प्याकेजिङमा आवश्यक पर्ने वस्तुहरु तयार गर्ने कार्य अगाडि बढाएका छौं । यस्तै हलमार्किङ सेन्टरहरु तयार गर्ने प्रकृयामा छौं । बिशेष गरेर उद्योगहरुले तोकिएको मापदण्ड अनुसार काम गरेनगरेको अनुगमन भैरहेको छ । पछिल्लो समयमा फलामेदण्डी, तेल, खाद्यान्न आदिमा हुने कम तौल र मिसावटका कुराहरुलाई बिशेष ध्यान दिइरहेका छौं ।
विभागको मुख्य जिम्मेवारी भनेकै बजार अनुगमन गर्ने, वस्तुको नाप , तौल निधारुण गर्ने, तोकिए अनुसार बजारमा गुणस्तरीय सामाग्रिको विक्री वितरण भए नभएको अनुगमन गर्ने, दोष्लिाई कारवाहीको सिफसिर गर्ने नै हो । यसकालागि आधुनिक यन्त्र र प्रविधिको आवश्यकता पर्दछ । यसकालागि हामीले केही थप उपकरण ल्याएर प्रयोगशालालाई सुदृढ र समुन्नत वनाउँदैछौं ।

विभागले गुणस्तर परीक्षणमा प्रयोग गर्दै आएको प्रविधी कस्तो छ ?

यो भनेको समय अनुसार विस्तार गर्दै जाने हो । प्राविधिकरुपमा सुधार भैरहेको छ । यहाँ जनशक्तिको अभाव छ । धेरै नै कम भएकोले सवै क्षेत्रमा एकसाथ सेवा दिन अससमर्थ नै हुन्छौं ।

एउटा मेसिनले देशभरको सुनको गुणस्तर मापनगर्न सक्दछ ?

सुनको परिक्षणकालािग नेपालभर नै एउटा मात्र टन्च मिसिने छ । अहिले यसैवाट काम चलाइएको अवस्था छ । पछि यसलाई पब्लिक–प्राइभेट पार्टनरसिप मोडलका आधारमा थप व्यवसथपन गर्दै लैजाने योजना छ । यसले ठ्याक्कै शुद्धता जाँच गर्दछ । यसले स्क्रिनिङ टेस्ट गर्ने हो । त्यसले अन्य मेटलहरुको प्रतिशत देखाउँदछ । त्यसवाट एउटा आइडिया तयार हुन्छ । त्यस पश्चात अर्को चरणमा फायर यासे प्रविधिवाट पुनः गुणस्तर परक्षिण हुन्छ । यसले गरगहनाको शुद्धताकालागि दुई तहमा वाँडेर शुद्धता परीक्षण गरिन्छ ।

अहिले गहना परीक्षणकालागि आउनेक्रम कत्तिको छ ?

मेसिन छ भन्ने नै धेरैलाई थाहा छैन । आन्तरिक बजारको भन्दापनि अहिले निकासिको प्रयोजनकालागि आउनेक्रम बढी छ । आन्तिरिक बजारमा त्यति धेरै परक्षिण गर्ने चलन छैन ।

हलमार्किङको कुरा चर्चामा आउन थालेको छ । यो के हो ?

सुनचाँदीको कारोवारलाई ब्यवस्थित र प्रभावकारी वनाउन यो ब्यवस्था गर्न लागिएको हो । विभागले नै अहिले यसकालागि आवश्यक तयारी गरिहरेको छ । हलमार्किङको ब्यवस्था लागु भएपछि सुनको गुणस्तरमा देखिएका धेरै समस्या आफैं समाधान हुन्छन् । हलमार्किङ भनेको सुनको शुद्धताको यारेन्टी हो । यसमा उत्पादकको नाम, विक्रिगर्ने संस्थाको नाम र त्यसमा भएको शुद्धता अनिवार्य उल्लेख भएको हुन्छ । त्यसमा अन्य कुराहरुपनि उल्लेख गरिएको हुन्छ । त्यसैलाई हलमार्किङ भनिन्छ ।

भावी योजना के छ ?

ट्याण्डर्ड टेस्टिङलाई थप परिस्कृत गर्ने हाम्रो योजना छ । यस वाहेक प्रयोगशाला स्तरोन्नति गर्ने, दुई पक्षिय ब्यापारकोलागि सहजकर्ताको भूमिका खेल्ने, दुई पक्षिय सम्झौता र निकासी ब्यापार प्रवद्र्धनमा सहयोग गर्ने आदि नै हो ।
नेपालको गुणस्तर तथा नापतौल विभाग र भारतको गुणस्तर सम्वन्धी काम गर्ने निकाय ब्यूरो अफ स्ट्याण्डर्डसबीच आयात निर्यातको क्रममा प्राविधिक समस्या छ÷छैन त्यो हेर्ने र आवश्यक परक्षिणगरी त्यसको पत्ता लगाउने बिषयमा दुईदेशका सम्वन्धित संस्थावीच आपसी सहकार्य गर्ने सहमति भएको हो । यसमा नेपालतर्फको परीक्षण हामी र भारत तर्फको उनीहरुले गरी कुनैपनि वस्तु आयात÷निर्यात गर्न सकिन्छ । यसले नकली सामान आयातको संभावना कम गर्छ । सहमति अनुसार यसको कार्यान्वयनपनि छिट्टै शुरु हुने क्रममा छ ।