कोका–कोलाद्वारा दशैंको मेगा अफर

maitrinews

काठमाडौं । कोका–कोला नेपालले ‘मन खोलौं कोकसँग’ नारा सहितको दशैं प्रबद्र्धनात्मक योजनामा २८०० भन्दा बढि बिजेताहरुको नाम घोषणा गरिसकेको छ । यो वर्षको विशेष अभियानले अनेकौं रोमाञ्चक उपहारहरु जित्ने अवसर प्रदान गरिरहेको छ । यसमा एउटा टिभिएस स्ट्राइकर १२५ सीसी बाईक प्रत्येक दिन उपहारमा स्वरुप जित्न सकिने छ भने अन्य आकर्षक पुरस्कारहरु मध्ये ४ वटा एलजी एलईडी टिभी दैनिक रुपमा तथा रु.१०० को ४०० जनालाई मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिकरुपमा जित्न ।
आजको दिनसम्म, कोकाकोलाले ७ जना भाग्यशाली उपभोक्ताहरुको नाम घोषणा गरिसकेको छ, जसले टिभिएस स्ट्राइकर १२५ सीसी बाइक जित्न सफल भएका छन् भने ४८ जना उपभोक्ताहरु, जसले एलजी एलईडी टिभी, र २८०० उपभोक्ताहरु जसले रिचार्ज कार्डहरु जित्न सफल भएका छन् । यो अभियान यहि असोज ३०, २०७४ सम्म संचालन हुनेछ, जून नेपालमा यो वर्षको सबैभन्दा ठूलो योजना हो । आगामी थप ४ सातामा, अझै धेरै टिभिएस स्ट्राइक बाइकहरु, एलजी एलईडी टिभीहरु, र मोबाइल फोन रिचार्ज कार्डहरु दैनिक रुपमा जित्न सकिने छ ।
यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजे देखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिने छ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् ।
कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर लिनुहोस् ।