चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी यूएन ग्लोवल सीईओ मिटमा सहभागी

maitrinews

 

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी संयुक्त राष्ट्रसंघीय ग्लोवल सिइओ मिटमा सहभागी भएका छन् । युक्त राष्ट्र संघको मुख्यालयमाअसोज २ मा सम्पन्नभएको उक्त सम्मेलनमा विश्वका ख्यातीप्राप्त विजनेश लिडरहरु बिल एण्ड मलिन्डा गेट्स फाउण्डेशनकी सहअध्यक्ष मलिन्डा गेट्स, अलिबाबाग्रुपका कार्यकारी अध्यक्षज्याकमा, अलवालिद फिलान्थ्रपीजकी महासचिवएवं साउदी अरेबियाकी राजकुमारी लामिया विन्ट मजेद अल साउद संगै चौधरी गु्रपकातर्पmबाट निर्वाण चौधरीको सहभागीता रहेको थियो । 

संयुक्त राष्ट्र संघीय दीगो विकास लक्ष्यप्राप्तीकानिमित्तविजनेश लिडरहरुले खेल्नुपर्ने भुमिकाप्रति लक्षित रहेको उक्त सम्मेलनमा देशकै सबैभन्दा ठूलो बिजनेस हउसचौधरी गु्रपकातर्पmबाट प्रबन्धनिर्देशकचौधरीले संयुक्त राष्ट्रसंगकोे आफ्नो सहकार्य र दीगो बिकास लक्ष्यप्राप्तीकालागि आफ्नो प्रतिबद्घता व्यक्त गरे । 

चौधरी गु्रपले हालै संयुक्त राष्ट्र संघीय विकास साझेदार यु.एन.डि.पी. संग दीगो विकास लक्ष्यप्राप्तीकालागि सहकार्य सम्बन्धी सम्झौता गरेको थियो । त्यसैगरी संयुक्त राष्ट्र संघीय ७२औं महासभाको उपलक्ष्यमा युएनवुमेनद्वारा आयोजित एक विशेष कार्यक्रममा महिला तथा बालिकाहरुको हितकालागि रणनीतिक अन्तर्कियात्मक कार्यक्रममा पनि उनको सहभागिता रहेको थियो ।