रामेछापमा बस दुर्घटना : तीन जनाको मृत्यु, २० जना घाइते

maitrinews

 

रामेछाप । रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमा रामेछाप नगरपालिका ८ का दीपक श्रेष्ठ, रामेछाप नगरपालिका ६ की २५ बर्षीया उमा बस्नेत र ठेगाना नखुलेकी बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
रामेछापको रामेछाप नगरपालिका ८ सानुवारीबाट काठमाण्डौ जान लागेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस सडकबाट करीब ३० मिटर तल खसेको हो । घाइतेहरुको सदरमुकाम मन्थलीमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।