नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय : देउवा

maitrinews

 

न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रकिया दुई वर्षअघि संविधान जारी भएसँगै टुंगिएको र शान्ति स्थापनामा नेपालको अनुभव अरु दवन्द्वग्रस्त देशका लागि उदाहरण भएको बताएका छन्।
हालै सम्पन्न स्थानीय तहको चुनावलाई महत्त्वपूर्ण उपलब्धि भन्दै प्रधानमन्त्रीले प्रादेशिक तथा केन्द्रीय चुनावको तयारी भइरहेको पनि उल्लेख गरे।
प्रधानमन्त्री देउवाले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भएको उच्चस्तरीय भेटवार्तामा संविधान कार्यान्वयनमा प्रगति भइरहेको प्रसंग उल्लेख गरे उनको भ्रमणदलमा रहेका अधिकारीहरुले बताएका छन्।

न्यूयोर्क आइपुगेको चौथो दिन संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका प्रधानमन्त्री देउवाले आतंकवादको जोखिमदेखि जलवायु परिवर्तन र राष्ट्रसंघको सुधार जस्ता मुद्दाहरुमा धारणा राखेका थिए।