स्कन्दमाताको पूजाअर्चना

maitrinews

 

महान् चाड विजयादशमीको पाँचौ दिन आज शक्ति स्वरुपा स्कन्दमाताको पूजाअर्चना गरिँदै छ । यी देवी अन्त्यन्त सुन्दर छन् । हातमा विभिन्न हतियार समाएकी यी देवी निकै शक्तिशाली छन् । उनको पूजा तथा अर्चना गर्नाले शान्ति र समृद्धि प्राप्त हुन्छ । खराब प्रवृत्ति नष्ट हुन्छन् । उनी साधनाकी प्रतिमूर्ति पनि हुन् । यस्ती देवीको हामी सबैले आराधना गरौँ ।