एमालेले संसद र प्रदेशसभाको निर्वाचनमा बामपन्थी दलहरुसँग तालमेल गर्ने

maitrinews

 


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय र प्रादेशिक चुनाव नजिकिंदै गर्दा सत्तारुढ दल माओवादी केन्द्रसहितका वामपन्थी दलसँग ती चुनावमा सहकार्य गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेससँग सत्ता सहकार्यमा रहेको माओवादी केन्द्रका एक नेताले एमालेले अघि सारेको विकल्पबारे आफूहरु सकारात्मक रहेको बताएका छन्।
माओवादी केन्द्रले पनि सहकार्यका लागि प्रयास गरिरहेको उक्त दलका कतिपय नेता बताउँछन्।
मंसिर १० र २१ मा हुने भनिएको चुनावका लागि समय छोटिदैं जाँद बसेको एमालेको स्थायी कमिटीको बैठकले वामपन्थी दलहरुसँग सहकार्यको ढोका खोलेको हो।
राष्ट्रिय दल बन्नका लागि प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा थ्रेसहोल्डको व्यवस्थाका कारण साना पार्टीहरु गठजोडको खोजीमा रहेको बताइएका बेला एमालेको पछिल्लो कदम तिनैलाई र तीमध्येपनि वामपन्थी दललाई लक्षित जस्तो देखिन्छ।
तर कांग्रेससँग सत्ता गठवन्धनमा रहेको माओवादी केन्द्रलाई पनि त्यसबाट अलग गराएर ऊसँग चुनावी सहयात्रा गर्ने रणनीति एमालेले बनाएजस्तो प्रतीत हुन्छ।
स्थायी कमिटीको बैठकका निर्णयबारे एमालेका प्रचार विभाग प्रमुख एवम् सचिव योगेश भट्टराईले भने, ू माओवादीसँग पनि हाम्रो कुरा भइनैरहेको छ र अन्य प्रगतिशील दलहरुसँग पनि कुराकानी जारी छ। मलाई विश्वास छ नेकपा एमालेको यो निर्णयपछि दलहरुमा सकारात्मक प्रभाव परेको छ। र त्यसले छिट्टै नै निर्णायक परिणाम दिनेछ। ू
एमालेको पछिल्लो निर्णयलाई माओवादी केन्द्र भित्रकै केही नेताले भने सकारात्मक रुपमा लिएका छन्।
त्यस्तै मध्येका एक नेता नारायणकाजी श्रेष्ठ भन्छन्, ूअब नेपाली काँग्रेस पनि कसरी प्रस्तुत हुनसक्छ, त्यो पनि छलफलको विषय हुनेछ। तर एमाले लगायतको वामपन्थी शक्तिहरु मिलेर जाने सवाललाई हामी सकारात्मक ढंगले नै लिन्छौं।ू