काठमाडौँ केन्द्रविन्दु भएर भूकम्प

maitrinews

 

काठमाडौं । काठमाडौंमा लामो समयपछि बुधबार बिहान भूकम्प गएको छ । बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भूलगायतका क्षेत्रमा बढी महसुस गरिएको थियो ।
यो भूकम्पको धक्का २०७२ सालको गोरखा भूकम्पको परकम्प नै भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।