आईएस स्टेटको कब्जाबाट इराकी दोस्रो अन्तिम सहर हविजा मुक्त

maitrinews

इराक । इराकको सरकार समर्थक फौजले हालैका महिनामा आइएसविरुद्धका लडाईँमा प्रगति गरिरहेको छ।
इराकी प्रधानमन्त्री हैदर अल अबादीले, इस्लामिक स्टेट लडाकू समूह आइएसको कब्जाबाट हविजा नगरलाई पुनः आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेका छन्।

हविजा, इराकभित्र आईएस समूहको पकडमा रहेका अन्तिम दुई इलाकामध्येको रहेको एक प्रमुख नगर हो।

यस विजयपश्चात् अब इराकभित्र सिरियाली सीमा नजिक रहेको मरुभूमिको एक भूभागमा मात्र आइएस समूहको नियन्त्रण छ।
हविजा नगरलाई पुनः नियन्त्रणमा लिन दुई हप्ताअघि मात्र ईराकी फौजहरुले कारबाही शुरु गरेका थिए।

उक्त कारबाहीका क्रममा अमेरिकी गठबन्धनले हवाई हमला गरेर सहयोग गरेको थियो।

यस्तै शिया लडाकूहरुले पनि साथ दिएका थिए। सोही सैन्य कारबाहीको कारण हविजालाई आइएस लडाकू समूहको कब्जाबाट मुक्त गर्न सकिएको इराकी प्रधानमन्त्री अल(अबादीले बताएका छन्।
हाल फ्रान्सको भ्रमणमा रहेका अल(अबादीले बिहीबार बिहान प्यारिसमा फ्रान्सेली प्रधानमन्त्री एम्यानुअल माक्रोँसँगको भेटवार्तापछि आयोजना गरिएको एक पत्रकार सम्मेलनमा ुयो इराकको मात्र नभई सारा विश्वको नै विजय भएकोु भनी टिप्पणी गरेका छन् ।
केही मानिसले आफूहरुलाई संकटमा धकेल्न खोजिरहेका प्रयासहरुका अतिरिक्त पनि प्राप्त भएको बताएका छन्।