चुनाव रोक्ने संकेतपछि सरकारबाट बाहिरिने माओवादी निर्णय स्थगित

 

काठमार्डौ । देउवा सरकारले चुनाव रोक्ने संकेत गरेको भन्दैसरकारबाट बाहिरिने माओवादीको निर्णय स्थगित भएको छ । सिंहदरबारमा पत्रकार सम्मेलन गरी गृहमन्त्री जनार्दन शर्माले आफूहरु सरकारबाट बाहिरिए आगामी मंसिरमा हुने निर्वाचन प्रभावित हुने भएकाले अहिलेलाई सरकारबाट बाहिरिने निर्णय स्थगित गरेको बताए ।
आफूहरुले सरकारबाट बाहिरिने निर्णय ड्राफ्ट गर्दै गर्दा निर्वाचन आयोगबाट आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सार्ने सूचना प्राप्त भएपछि सरकारबाट बाहिरिने निर्णय तत्कालका लागि स्थगित गरेको मन्त्री शर्माले पत्रकार सम्मेलनमा बताए ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘हाम्रो पहिलो प्राथमिकता सरकार होइन, निर्वाचन हो । निर्वाचन निर्धारित समयमा सम्पन्न गर्नका लागि यस्तो निर्णय गरेका हौं ।’