उम्मेदवारी दर्ताको तयारी गर्दै बाम गठबन्धन,घनिभूत छलफलमा

maitrinews

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको वाम गठबन्धनले देशभरीको प्रदेश र प्रतिनिधिसभा चुनाव क्षेत्रको बाँडफाँटको टुङ्गो लगाउँदै छन्।
तर नेपाली कांग्रेस र उसँग सहकार्यको पक्षमा देखिएका दल पहिलो चरणमा चुनाव हुने पहाडी र हिमाली जिल्लामा तालमेलको गृहकार्यमा छन्।
पहिलो चरणको निर्वाचन हुने जिल्लामा कार्तिक ५ गते उम्मेदवारी दर्ता हुँदैछ।एमाले सचिव प्रदीप ज्ञवालीले भने, एकता संयोजन समिति र कार्यदलको संयुक्त बैठकले रातीसम्ममा सिट बाँडफाँट टुंगो लगाउँछ।ू
गैर वाम तालमेलमा लागेका दलहरु तत्काल पहाडी र हिमाली जिल्लाका क्षेत्र बाँडफाँटमा जुटेका छन्।

संघीय समाजवादी फोरम नेपालका एकजना नेता रामसहाय प्रसाद यादवले कांग्रेससँग बिहीबार छलफल शुरु भएको र सकारात्मक रुपमा अघि बढेको बताए।
उनले भने, ूपहिलो चरणका निर्वाचन क्षेत्रबारे टुंग्याएपछि अन्य जिल्लाबारे कुरा हुन्छ।ू
गठबन्धनभित्रका अन्य दललाई दिएर बाँकी रहने कूल निर्वाचन क्षेत्रमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत क्षेत्र लिने सहमति भएको छ।
त्यसैले वाम गठबन्धनभित्रका दल आ(आफूले लिने चुनाव क्षेत्रको छनौटको अन्तिम चरणमा छन्।
तर कांग्रेस र अन्य दलबीच देशभरको निर्वाचन क्षेत्र बाँडफाँटबारे टुंगो नलागेकाले गठबन्धनको आकारको ठेगान लागिसकेको छैन।