सोड नेपालको चारदिने आँखा शिविर

गोरखा । सोड नेपालले गोरखाको महालक्ष्मी माध्यमिक विद्यालयमा ४ दिने निशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । माउन्टेन जोन ट्राभल एण्ड टुर्स, ओम साइबाबा मेरोरियल हस्पिटल र महालक्ष्मी माविको सहआयोजनामा सम्पन्न शिविरमा १४ सय ९७ जनाले आँखा जाँच गरेका थिए ।

कात्तिक ८ गतेबाट सुरु भएको शिविरमा आँखामा रोग भएका ३ सय ८८ जनालाई निशुल्क चश्मा दिइएको थियो । आखाँ शिवरका लागि कोरियन अप्टिकल एसोसियसनले कोरियाबाट नै अत्याधुनिक सुविधान सम्पन्न मेसिन ल्याएको थियो । आँखा जाँच गर्दा समस्या देखिएका बाँकी विरामीलाई कोरियाबाट नै चश्मा पठाउने बताइएको छ ।

सोड नेपालले महालक्ष्मी माविको १६ कोठे पक्की भवन निर्माण गरेको छ । सँगै विद्यालयमा लाइब्रेरी, कम्युटर, सोलार, सिसि क्यामेरा र डेक्सबेञ्च पनि उपलब्ध गराएको थियो । संस्थाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराएको सोड नेपालका अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो ।