ग्याङ्ग अफ डस्टर्सले आफ्नो सशक्त यात्रा पहिलो पटक नेपालसम्म शुभारम्भ

maitrinews

काठमाडौं । रेनोे नेपालमा द्रूत गतिमा अगाडि बढिरहेको अटोमोबाइल ब्राण्डको आफ्नो साहसिक यात्रा समुदाय ग्याङ्ग अफ डस्टर्सले नेपालमा पहिलो पटक यात्र शुभारम्भ गरेको छ । ९ दिने प्रसिद्ध ससक्त यात्रा करिब १४०० किलोमिटरको हुनेछ । यो साहसिक यात्रा लखनउबाट कात्तिक २४ गते शुरु भएको थियो भने भारतमा गोरखपुर हुँदै नेपाल प्रवेश गरेको थियो, जहाँ नेपालको भू–दृश्यावलोकनका साथै यसको संस्कृतिको अनुभव लिंदैछ । नेपालमा, ग्यांङ्ग अफ डस्टर्सले काठमाडौंको यात्रा पुरा गरिसकेको छ र अब भने चितवन, पोखरा र लुम्बिनी हुँदै यात्रारत हुनेछ र सहभागीहरु पुन लखनउ यात्राबाटै फिर्ता हुनेछन् ।
सन् २०१७ रेनो इण्डियाको ग्यांङ्ग अफ डस्टर्सको भारतमा सफलताको चौथो वार्षिकोत्सव पनि हो । ग्यांङ्ग अफ डस्टर, रेनो इण्डियाले शुरु गरेको एउटा विशेष अभियान हो जसले डस्टर धनीहरुलाई साहसिक यात्राहरु, कठिन तथा रोमाञ्चक भूगोलहरुको यात्रा गराउने र विकट क्षेत्रहरुको यात्रा गराउँदै एकआपसमा जोड्दछ । ग्यांङ्ग अफ डस्टर्स डस्टर धनीहरुलाई रेनो परिवारमा सामेल गराउने एउटा उत्कृष्ट माध्यम हो भने सदस्यहरुका माझमा सम्बन्ध निर्माण गर्ने माध्यम पनि हो । ग्यांङ्ग अफ डस्टर्समा अहिले सम्म १ लाख भन्दा बढि सदस्यहरु सहभागी भईसहेका छन् जून भारतमा चार पाँग्रे गाडिको साहसिक यात्रा समुदायमा सबैभन्दा ठूलो समुदाय हो ।
एडभान्स अटोमोबिल्स प्रालि (रेनोको नेपालमा व्यवसायीक पार्टनर) का प्रबन्ध निर्देशक श्री निकुन्ज अग्रवालले भने, ‘नेपालमा पहिलो पटक भारतको विभिन्न स्थानबाट सहभागी ग्यांङ्ग अफ डस्टर्स सदस्यहरुको २४ वटा डस्टर सहितको लस्कर आएका हुन् । यो विशेष अवसरमा नेपालमा उनीहरुलाई आतिथ्यता प्रदान गर्नु हाम्रो सौभाग्य हो । रेनो इण्डियाद्धारा शुरु गरिएको यो अभियान नेपाल च्याप्टरको तर्फबाट पनि छिटै आयोजना गर्नेछौं । जसमा नेपाली डस्टरहरु एकसाथ सहभागी हुँदै नेपालको विभिन्न रोमाञ्चक स्थानहरुमा साहसिक यात्राको लागि जानेछन् र कठिन भूगोलको अवलोकन गर्नेछन् । यो अभियानले हामीलाई नेपालमा डस्टरको बजारलाई सशक्त बनाउन सहयोग गर्नेछ जसले सबै प्रकारको भौगोलिक क्षमता र यात्राको आरामदायीपनालाई कायम राख्दछ ।’
ग्यांङ्ग अफ डस्टर्सको नेपालसम्मको ससक्त यात्राले सहभागीहरुलाई अवस्मरणिय साहसिक यात्राको अनुभूति दिनेछ । हिमालय क्षेत्रको कडा चट्टानी पहाडहरु नेपाल हरियाली उपत्यकाहरु, मनमोहक गाउँहरु र प्रार्थनाका लागि फहराईएका झण्डाहरुका साथमा घुमीरहेका हिमाली क्षेत्रहरुले गर्दा नेपाल साँच्चिकै विर्सन नसकिने देश हो । यो यात्राले सहभागीहरुलाई काठमाडौंको सांस्कृतिक सम्पदाहरु र प्राचिन स्मारकहरु प्हिचान गर्ने, पोखराको प्राकृतिक परिदृश्य, र चितवनको वन्यजन्तुहरुको अवलोकन गर्न सक्ने सुनौलो अवसर प्रदान गरेको छ ।
ग्यांङ्ग अफ डस्टर्सका सहभागीहरुले अन्य डस्टरधनीहरु सँग भेटघाट गर्ने र अनुभवहरु साटासाट गर्ने, ऐतिहासिक क्षेत्रहरु घुम्ने, मोटरस्पोर्टसका विज्ञहरुसँग कुराकानी गर्ने, विभिन्न भूगोलको अफरोड अनुभव गर्ने, र माउन्टेन बाईकिङ्ग, बोट राइडिङ्ग लगायतका साहसिक खेलमा पनि सहभागी हुन सक्नेछन् ।

रोमाञ्चकारी, साहसिक तथा अन्वेषणसँग सम्बन्धित हुँदै, रेनो इण्डियाको ग्यांङ्ग अफ डस्टर्सले उपभोक्ताहरु र उनीहरुको परिवारहरुलाई देशभर रेनो टिमका साथमा लामो अवधिको यात्रा गराउन उत्साहित गराउँछ । भारतको सबैभन्दा मनपराईएको एसयूभीमा निकै चुनौतीपूर्ण भौगोलिक क्षेत्रहरु पार गर्न सक्ने क्षमता छ । ग्यांङ्ग अफ डस्टर्सले यात्रा गर्न रुचाउनेहरुका लागि अतुलनिय र अप्रतिस्पर्धात्मक मोटरीङ्ग अनुभव गराउँछ ।