देउवालाई ज्योतिषीको भर, अझै दुई पटक प्रधानमन्त्री बन्ने दावी

maitrinews

धनगढी । एक चनावी चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेको विषयमा धनगढी पुगेर टिप्पणी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आफू अझै दुईपटक प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ ।

‘मलाई ज्योतिषले सातपटक प्रधानमन्त्री हुने बताएका छन् । म अझै दुईपटक प्रधानमन्त्री हुन्छु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘म तपाईंहरुको घरको मान्छे हुँ, जुनबेला पनि मलाई भेट्ने, समस्या सुनाउने, गाली गर्ने सबै अधिकार तपाईंहरुसंग छ ।’
‘यो क्षेत्रबाट प्रधानमन्त्री हुनसक्ने व्यक्ति तत्काल अर्को कोही पनि छैन,’ देउवाको भनाइ थियो ।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले लोकतन्त्रको उपयोग मात्र गर्ने आरोप लगाउनुभयो ।