नेपाल र नाइजेरियाका उच्च अधिकारीबिच सम्झौता कृषिबाट जिवनस्तर समृद्ध बनाउने परिकल्पना

maitrinews

 


काठमाडौँ । अधिकांश मानिसहरु कृषिमा आधारित भएर पनि समृद्ध हुन नसकिरहेका दुइ राष्ट्र बिच एक महत्वपुर्ण सम्झौता भएको छ । नाइजेरियाको ओसुन राज्यको कृर्षी मन्त्रालय र नेपाल खाद्यय बैंक लिमिटेडबिच २२ नोभेम्बर, २०१७ मा महत्वपुर्ण सम्झौता भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खाद्यय सुरक्षा र कृषिको क्षेत्रबाट मानिसहरु जिवनस्तर उकास्न दुइ राष्ट्रका संस्थाबिच काम गर्ने कुरा उक्त सम्झौतामा उल्लेख गरिएको छ । नाइजेरिकाको खाद्य्य सुरक्षा तथा कृर्षी मन्त्रालयमा भएको सम्झौतमा नेपाल खाद्यय् बैंकका अध्यक्ष रामराजा श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतामा ओसुन राष्ट्रका कमिस्नर एडेकुन्ले इगे, कृर्षी तथा खाद्यय सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याक, मन्त्रालयका निर्देशक तेजुदेन अयान्तोए लयागत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सम्झौताको विशेष समारोहमा वल्र्ड इन्स्टिच्युट फर पिसका पदाधिकारीहरुको पनि सहभागिता रहेको स्टेट अफ ओसुनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

नुवाकोटमा मुख्य कार्यालय रहेको नेपाल खाद्य्य बैंक लिमिटेड नेपालको खाद्य्य सुरक्षा र कृर्षीमा विगत केहि वर्षदेखि काम गरिरहेको सस्था हो । अध्यक्ष रामराजा श्रेष्ठको एक टोली उक्त सम्झौता गर्नेगरी नाइजेरिया सरकारसग मिलेर काम गर्न एक महिना अघि नाइजेरिया प्रस्थान गरेका थिए । यस अघि नाइजेरिया तथा ओसुन सरकारका मन्त्री तथा उच्च अधिकारीहरुसग भएको छलफल र सम्झौता अनुसार एक हजार बढि युवाहरुलाइ तत्काल रोजगारी दिनेगरी काम सुरु भएको श्रेष्ठले बताए ।

ओसुन राज्यमा सुरु गर्ने कृर्षी परियोजनाले ५ हजार बढि युवाहरुलाइ प्रोत्साहन गर्दै विभिन्न स्तरको कार्यक्रममा सहभागी गराउने बताइएको छ । ओसुन राज्यका कृर्षी तथा खाद्यय सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याकले सम्झौता पश्चात बोल्दै नेपाल र नाइजेरियाको सहकार्यले कृर्षी तथा खाद्य्य सुरक्षा महत्वपुर्ण उपलब्धी गराउन सकिने बताए ।

सम्झौतामा हस्ताक्षर गर्दै नेपाल खाद्यय बैंकका अध्यक्ष श्रेष्ठले हजारौ युवाहरुलाइ रोजगारी दिदै आधुनिक प्रविधिहरुको प्रयोगमा देश र समाज समृद्ध बनाउन काम गर्ने बताए । नाइजेरिया र नेपालबिच विभिन्न महत्वपुर्ण सहकार्य गरि कृर्षी, प्रविधि र अर्थतन्त्रमा सुधार गर्न सकिने बताए । नेपाली उद्यमी र युवाहरुलाइ यो सहकार्यमा सहभागिता र सहयोगको लागि उनले अपिल गरे ।

अफ्रिकी राष्ट्र नाइजेरियामा प्रसस्त सम्भावनाको क्षेत्र हुँदाहुँदै पनि काम नभइरहेको अवस्थामा नेपाल खाद्य्य बैंकले उक्त राष्ट्रमा शाखा विस्तार गर्दै दुइ देश र युवाहरुको हितमा कृर्षी र प्रविधिको माध्यमबाट सकरात्मक काम गर्न सकिने श्रेष्ठको भनाई छ । नेपालको धेरै देशहरुसँग विभिन्न सम्झौताहरु भएपनि कार्यान्वयन नभइरहेको अवस्थामा निजी क्षेत्रका तर्थबाट भएको यो सम्झौता र कामले उपलब्धी हासिल गर्ने विश्वास लिएका यस क्षेत्रका विज्ञहरुले बताएका छन ।