कम्युनिष्ट नै बढ्ता लोकतान्त्रिक शक्ति हुन्ः भुसाल

maitrinews

 

ललितपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ वामपन्थी शक्ति एकीकृत रुपमा निर्वाचन अभियानमा केन्द्रित भएको बताउनुभएको छ ।

स्थानीय खोकनामा आज वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गदै उहाँले वामपन्थी शक्ति एकजुट भएर चुनाव र पार्टी एकता प्रक्रियामा जाँदा विपक्षी आत्तिनुनपर्ने धारणा राख्नुभयो । “कम्युनिष्टको सरकार गठन भए नागरिक स्वतन्त्रता हनन हुन्छ भन्दै आफूलाई लोकतान्त्रिक बताउने नेपाली काँग्रेस नै रोइलो गर्र्दैैै हिँडेको छ । जनतालाई अधिकार दिन हामी तयार छौँं । प्राप्त भएको अधिकार कोही कसैले पनि खोस्न सक्दैन । काँग्रेसभन्दा कम्युनिस्ट नै बढ्ता लोकतान्त्रिक छन्” उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं ३ मा वाम गठन्धनका संयुक्त उम्मेदवार भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने, कलासंस्कृतिको संरक्षण गर्ने तथा नागरिकका दैनिक समस्या समाधान गर्ने ललिलतपुर वाम गठन्धनको मूलमन्त्र रहेको स्पष्ट गर्नुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेकी नेत्री सुशीला नेपालले वाम गठबन्धनपछि मतदातामा नयाँ खालको उत्साह पैदा भएको जिकिर गर्नुभयो । ललितपुर क्षेत्र नं ३ ९ख०मा प्रदेशसभा सदस्य उम्मेदवार जीवन खड्काले ललितपुरको विकास र समृद्धिको स्पष्ट खाका कोर्नका लागि वाम गठबन्धनको विजय आवश्यक रहेको धारणा राख्नुभयो ।