चिनियाँ लगानीकर्ता नेपालमा लगानी बढाउन इच्छुक

maitrinews


काठमाडौं । छिमेकी मुलुक चीनको युनान प्रान्तका लगानीकर्ताको भेला काठमाडौंमा सम्पन्न भएको छ । चीनको युनान प्रन्तमा मुख्य कार्यालय रही नेपालको विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेका चिनियाँ कम्पनीहरुले काठमाडौंमा संयुक्त भेला गरी लगनीको समिक्षा गरेका हुन् ।
चीनियाँ लगानीकर्ताहरुले हरेक बर्ष अयोजना हुने यस्तो भेलामा विगत बर्षको समिक्षा गर्नुकासाथै भावी कार्यक्रमको समते तय गर्ने गर्दछन् । विगत बर्षहरुमा भएका उपलब्धी र चुनौतिको समिक्षा गर्दै त्यसैका आधारमा भेलावाट भावी कर्यक्रम वनाउने गरेको उनीहरुले वताए ।
सामुहित छलफलकाक्रममा उनीहरुले आ आफ्नो कम्पनिको अवस्थाका बारेमा जानकारी गराउने गरेका छन् । यसवाट एक अर्काको कम्पनिसँग सम्वद्ध बिषयहरु समेत जान्नपाइने, समस्याहरुको बारेमा छलफल हुने र अवसर तथा चुनौतिको समेत समिक्षा हुने भएकोले यस्तो भेला अत्यन्तै फदापयी हुनेगरेको उनीहरुको तर्क छ ।
नेपालस्थित युनान ब्यापारिक प्रतिनिधी कार्यालयको आयोजनामा विगत तीन बर्षदेखि युनान प्रान्तका लगानीकर्ताको भेला काठमाडौंमा हुँदै आएको हो । युनान ब्यापारिक प्रतिनिधी कार्यालयका निर्देशक ही यू जियागले यो भेलाले ब्यापारिहरुवीच ब्यापर प्रवद्र्धन सम्वन्धी आपसी कुराहरु लगानीकर्ताहरुबीच आपसमा आदानप्रदानगर्न निकै सघाएको वताए ।
भेलामा चीनीयाँ कम्पनिहरु सिन्जि ग्रूूप काठमाडौं, चाइना इस्टर्न एयरलाइन्स, कुनमिङ इञ्निनियरिङ अफ पावर कम्पनि लगायतका प्रतिनिधीहरु सहभागी थिए । युनान प्रानतमा मुख्य कार्यालयरही नेपालमा लगानी गर्दै आइरहेका यी पाँच कम्पनिनेपालमापनि आफ्नो शाखा कार्यालय थापनागरी कार्यारत छन् । ती कम्पनिले सन् २०१७ मा मात्रै करिव ७० लाख अमेरिकी डलरको नेपालमा ब्यापार गरेको वताएका छन् ।
युनान ब्यापारिक कार्यालयले नेपाल र चीन वीच ब्यापारिक सम्वन्ध थापित गर्ने उद्धेश्यले यस किसिमको छलफल गर्ने गरेको र छलफलवाट लगानीकर्तालाइ धेरै फाइदा पुगेको वताए ।
युनान ब्यापारिक कार्यालयले सन् २०१७ मा साउथ एण्ड साउथ इस्ट एशिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेण्ट फेयर आयोजना गरेको थियो । युनान प्रान्तको राजधानी कुनमिङम आयोजित सो एक्स्पोमा नेपालवाट वभिन्न ८० कम्पनिका ४ सय ब्यापारी सहभागी थिए । सोही बर्ष काठमाडौंमा सञ्चालित चाइना साउथ एशिया एक्स्पोमा विभिन्न ३७ चीनयाँ कम्पनिका ३ सय ब्यापारी सहभगी थिए ।
यसैवीच युनान प्रान्तको वायुसेवा कम्पनि चाइना इस्टर्नले काठमाडौं, अमेरिका, जापान, अष्टे«लिया र न्युजिल्याण्डमा उडान विस्तारको योजना सार्वजनिक गरेको छ । कम्पनिका निर्देशक झु क्यिुका अनुसार चाइना इस्र्टन आगामी बर्ष काठमाडौंवाट नयाँरुछ विस्तारको योजनामा छ । कम्पनिले हाल काठमाडौं कुनमिङरुटमा दैनिक दुईउडान गर्दै आएको छ ।
चीन नेपालको छिमेकी मुलुक हो । नेपालमा चिनियाँ उत्पादनहरुको अत्याधिकमात्रामा प्रयोग हुने गरेको छ । यस्तो सन्दर्भमा चीनियाँ लगानीकर्ताको नेपालमा हुन लगानीको महत्वपूर्ण भूमिका रहने गर्दछ । नेपालमा चीनियाँ लगानी बढाउन समेका यसवाट नेपाल–चीनवीचको ब्यापर सन्तुलनमा समेत सहयोग पुग्ने बिश्लेषकहरुको ठम्याई छ । तुलनात्मरुपमा लाभका क्षेत्रहरु पहिचानगरी चीनतर्फ नेपाली सामाग्रि निर्यातगर्न सकीने प्रचर सम्भावना छ ।