निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

maitrinews


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले बिहीबार २१गते ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको छ ।
सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको भन्दै उहाँले ढुक्क भएर मतदान गर्न आग्रह पनि गर्नुभयो । । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ ।’

उहाँले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद व्यक्त गर्नुभयो ।

निर्वाचनको व्यवस्थापकीय काम पनि पूरा भइसकेको उहाँले बताउँदै भन्नुभयो, ‘आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए समाधान गर्न हामी तयारी अवस्थामा छौं ।’

आयोगका पदाधिकारीहरुले निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने पन उहाँले बताउनुभयो ।