पाँचवटा पार्टीमात्र राष्ट्रिय पार्टी बन्ने, राप्रपा र साझाको सम्भावना कम

maitrinews

काठमाडौँ । नेपालमा पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले मात्रै ३ प्रतिशत मत कटाएका छन् । ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ।
समानुपातिकको मतगणनाको परिणाम अनुसार एमालेले सबै भन्दा बढी ३४ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३३ प्रतिशत, नेकपा माओवादीले १४ प्रतिशत, फोरमले ५ र राजपाले ४ प्रतिशत मत प्राप्त गरेका छन्।

उता एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दलको सूचिमा नपर्ने भएको छ। राप्रपाले ३ प्रतिशत मत ल्याउने अवस्था न्यून रहेको छ।

त्यसै निर्वाचनको समयमा चर्चाको शिखरमा रहेको विवेकशील साझा पार्टीले पनि ३ प्रतिशत मत नकाटाउने भएको छ। निर्वाचन आयोगका अनुसार मुलुक भर १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतदान भएको छ। जसमा अहिलेसम्म ८० प्रतिशतको हाराहारीमा मतगणना भइसकेको छ।