एनआईसी एशियाद्वारा डिबेन्चर निष्काशन गर्न स्वीकृत

maitrinews

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले रू. १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने रू. ३ अर्ब बराबरको ‘एन आई सी एशिया डिबेन्चर २०८१÷८२’ निष्काशन गर्न मिति २०७४÷०८÷२९ गते शुक्रवारको दिन स्वीकृति दिएको व्यहोरा जानकारी गराउन चाहन्छौँ । सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

रू. ३ अर्बको ऋणपत्रको ८० प्रतिशत (अर्थात रू. २ अर्ब ४० करोड) व्यक्तिगत तवर ९एचष्खबतभ एबिअझभलत० मार्फत् र २० प्रतिशत (रू. ६० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि माफर््त निष्काशन गरिनेछ । ९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरीने ऋणपत्रको अवधि ७ वर्ष हुने र मिति २०७४÷०९÷०४ देखि २०७४÷०९÷१२ सम्म ७ कार्यदिनको सुचना दिई तत्पश्चात मिति २०७४÷०९÷१३ देखि २०७४÷०९÷१७ सम्म ऋणपत्रको बिक्री खुल्ला गरिने छ ।

सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले ूृक्ष्ऋच्ब्ल्ऐ ीब् ( ू ९ीब् माइनस) रेटिङ्ग प्रदान गरेको छ, जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । साथै, यस बंैकलाई इक्रा नेपाल लिमिटेडले ूृक्ष्ऋच्ब्ल्ए(क्ष्च्े ब्( ू ९ब् माइनस० ९क्ष्ऋच्ब् ल्ए क्ष्ककगभच च्बतष्लन ब् ःष्लगक० रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरीएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक हो ।
ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९ल्भ्एक्भ्० मा सूचिकरण गरिने छ । ऋणपत्र नेपालको म्भदत ःबचपभत को विकासको लागि एक महत्वपूर्ण ःष्भिकतयलभ हुने हामीले विश्वास लिएका छौं । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा हामी हार्दिक अपिल गर्दछौ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरु र ४ एक्स्टेन्सन काउण्टरहरुबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आईरहेको छ । बैकंले ११७ अर्ब निक्षेप संकलन गरि ९८ अर्ब कर्जा प्रवाह गरीसकेको छ ।