अध्यादेश नरोक्न नेविसंघको दबाब

maitrinews

काठमाडौँ । नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेका राष्ट्रपतिले संविधानअनुसार पठाइएको अध्यादेशलाई रोक्न नमिल्ने बताए ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले दुई महिना अगाडि नै पठाइएको अध्यादेश चित्त नबुझे १५ दिनभित्र फिर्ता पठाउने प्रावधान रहे पनि रोक्नु संविधान विपरीत भएको बताए ।

सरकारले सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाए पनि उक्त अध्यादेश प्रमाणीकरण हुन नसक्दा राष्ट्रियसभा गठनमा ढिला भएको छ । राष्ट्रियसभाको गठनबारे नेपाली काँग्रेस एकल संक्रमणीय तथा नेकपा एमाले बहुमतीय प्रणालीका पक्षमा छन् ।