रुसका विपक्षी नेता नभाल्नीद्वारा राष्ट्रपतीय चुनाव बहिष्कार गर्न आह्वान

मस्को । रुसका विपक्षी नेता एलेक्से नभाल्नीले अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा आफूलाई भ्लादिमिर पुटिनविरुद्ध उठ्न वञ्चित गरिएपछि उक्त चुनाव बहिष्कार गर्न आह्वान गरेका छन्।

उनले आफू विनाको चुनावको वैधानिकता नहुने भन्दै मतदाताहरुलाई विरोध जनाउन आह्वान गरेका हुन्।

रुसको निर्वाचन आयोगले नभाल्नीविरुद्धको फौजदारी अभियोगमा दोषी ठहराइएकोले उनलाई राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य ठहर गरेको हो।

पुटिन चौथो कार्यकालका लागि चुनावमा उठ्न लागेका हुन्।