पुनःनिर्माण प्राधिकरणको काम निराशाजनक,पीडितले पहिलो किस्तासमेत पाएनन्

maitrinews


काठमाडौँ । स्थापनाको दुई वर्ष पूरा हुँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितहरुको निजी आवास निर्माणतर्फ निकै न्यून प्रगति हासिल गरेको देखिएको छ।

साढे सात लाख लाभग्राही सूचीमा रहेका पीडित मध्ये २६ हजार अर्थात ४ प्रतिशतभन्दा कमले मात्र हालसम्म घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता पाएका छन्, अझै ११ प्रतिशतले पहिलो किस्ता समेत पाउन सकेका छैनन्।

प्राधिकरणमा हुने गरेको राजनीतिक खिचातानी, र सम्बन्धित मन्त्रालय बीच समन्वयको अभाव जस्ता विषय त्यसको कारण रहेको मानिएको छ।

तर प्राधिकरणले प्राविधिक अप्ठ्यारोलाई मुख्य कारण बताउँदै आफ्नो बचाउ गरेको छ।