राजनीतिक स्थिरता र समृद्धिका निम्ति काम गर्ने छौँ : प्रचण्ड

maitrinews

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र समृद्धिका निम्ति काम गर्ने बताउनुभएको छ । राष्ट्रलाई एकतावद्ध गर्ने, राष्ट्रमा शान्ति कायम गर्ने, सुशासन कायम गर्ने, समृद्धितिर देशलाई लैजाने कामको निम्ति नै वाम गठबन्धनको एजेण्डाहरु केन्द्रित गरेको उहाँले स्प्रष्ट गर्नुभयो ।

व्रह्मा कुमारी राजयोग सेवा केन्द्रले ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘नीति निर्णय सबैमा तपाईंहरुको भावनालाई, तपाईंहरुको प्रेरणालाई ध्यान दिएर अगाडि बढ्ने छौं र राजनीतिक स्थिरता र समृद्धिका निम्ति काम गर्नेछौं ।’

अहिले जनताको चाहना राष्ट्रको समृद्धि र विकास नै भएको बताउँदै प्रचण्डले भन्नुभयो , ‘मैले त निर्वाचनको बेला पनि भनेको छु मेरो बाँकी जीवन शान्ति, समृद्धि, राष्ट्रको एकता र स्वाभिमानको निम्ति ।’