राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

maitrinews

काठमाडौँ । निर्वाचन आयोगको निर्णय अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष राखेका छन्।
आउँदो मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्रीले वचन दिएको बताइएको छ।
निर्वाचन आयोगले नयाँ सरकार गठनको निम्ति आवश्यक हुने प्रतिनिधिसभाको पूर्ण आकार घोषणा गर्न राष्ट्रिय सभाको खाँचो पर्ने बताउँदै आएको थियो।
त्यसैले उसको कदम, गतिरोधमा परेको राजनीतिको निकासतर्फको एउटा महत्वपूर्ण कदम ठानिएको छ।