राजधानी र प्रदेश प्रमुख छिटो तोक्ने सर्वदलीय बैठकमा सहमति

maitrinews

 

काठमाडौं । प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा बोलाइएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकका विषयमा सहमती जनाउन आग्रह गर्नुभएको थियो ।
बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको बताउनुभयो ।
त्यस्तै बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए ।
बैठकपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले चाँडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सरकारलाई निर्णयमा पुग्न सुझाव दिएको बताउनुभयो ।
सर्वदलीय बैठकमा सहमति जुटाएर सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए ।